बुद्ध एयर बाहिरिएपछि संयुक्त लगानीमा जहाज ल्याउने योजना भङ्ग
काठमाडौं । ‘माउँ विनाको चल्ला’ भन्ने नेपाली उखान झै पछिल्लोपटक पाँचनिजी वायुसेवा कम्पनीहरुले संयुक्त लगानीमा दुईवटा जहाज ल्याउने तयारी सुरुवात नहुदै अलमलमा परेको छ । पाँचमध्येको प्रमुख हिस्सेदार रुपमा रहेको बुद्ध एयरले उक्त साझेदारीमा लगानी नगर्ने निर्णयसहित बाहिरिएपछि उनिहरुको योजना भंग भएको हो ।
बुद्ध एयरले लगानी नगर्ने निर्णय लिएपछि सामुहिक तयारी भंगमात्र भएन योजना नै गुमगामको अवस्थामा पुगेको छ । यति एयरलाइन्स, गुण एयरलाइन्स, अग्नि एयर, सिम्रिक एयर र बुद्ध एयरले संयुक्त साझेदारीमा जहाज ल्याउने तयारी गरिरहेका थिए । विश्व बैङक आइएफसी(इन्टरनेश्नल फाइनान्स कर्पोरेट)ले अन्तराष्ट्रिय विमानको लागि लगानी नर्गन निर्देशन दिएपछि बुद्ध एयरले पछिल्लोसमयमा एक्कासी लगानी नगर्ने निर्णय लिएको हो ।
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले विश्व बैंकले लगानी नगर्न सुझाब दिएपछि आफुहरु साझेदरीबाट बाहिरिन बाध्य भएको बताउनु भयो । उहाँले भन्नुभयो–‘ अहिलेको आर्थिक तरलताको बेला अन्तराष्ट्रिय उडानमा लगानी नगर्न विश्व बैंकले दिएपछि सुझावको आधारमा हामी त्यसबाट बाहिरिएका हौं ।’ बुद्धले भर्खरै मात्र फ्रान्समा निर्मित ७२ सिट क्षमताको एउटा एटीआर जहाज थप गरेपछि अब उसँग दुई एटीआरसहित जहाजसंख्या नौ पुगेको छ ।
समुहभित्र बुद्ध एयर एकमात्र अन्तराष्ट्रिय उडान अनुमति (लाइसेन्स) प्राप्त कम्पनी रहेको थियो । बुद्ध एयर नेपालमा अन्तराष्ट्रिय उडानको लागि अनुमति प्राप्त गर्ने आठ एयरलाइन्समध्ये एक हो । उसले गत २०६६ सालमा मात्र पाएको अन्तराष्ट्रिय उडान अनुमति (लाइसेन्स) अहिले पनि उसले उपयोग गरिरहेको छ ।
बुद्ध एयर बाहिरिएपछि बाँकी चार कम्पनीले अन्तराष्ट्रिय विमान ल्याउनको लागि भनेर औपचारिक रुपमा ‘एयर हिमालयन प्राली’ नामक कम्पनी दर्ता गरेका छन् । ती चार हवाई कम्पनीहरुले गत असारमा सो कम्पनी दर्ता गरेका हुन् । युरोपेली जहाज निर्माता एयरबसको दुईवटा जहाज ल्याउने तयारी स्वरुपम सुरुमा प्रति कम्पनी २÷२ करोड रुपिया रकम जम्मा गरेको स्रोतले बतायो । जानकारहरुका अनुसार नयाँ अन्तराष्ट्रिय उडान सुरु गर्न लागि करिब ७०÷८० करोडको लगानी चाहिन्छ । नयाँ दर्ता भएको एयर हिमालयन प्रालीले त्यति ठूलो पुजी तत्काल जम्मा गर्न असम्भव रहेको बताइएको छ । त्यस्तै साँझेदारीमा चलेका ती कम्पनीहरुको लागि अन्तराष्ट्रिय उडान अनुमति(लाइसेन्स) प्राप्त गर्नुपनि पहिलो र महत्वपुर्ण पक्ष हो ।
कुनैपनि एयरलाइन्सले अन्तराष्ट्रिय उडान अनुमति प्राप्त गर्नको लागि निश्चित प्रक्रिया पु¥याउनै पर्छ । अन्तराष्ट्रिय उडान अनुमतिको लागि पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले हालै प्रस्ताव आह्वान गरेको त छ तर पनि एयर हिमायनले त्यो प्रक्रियालाई पनि खासै चासो देखाएको छैन ।
आह्वानको आधारमा आएका आबेदक कम्पनीहरुबीच प्रतिस्पर्धा गराएपछि छनोटमा परेका कम्पनीमध्ये दुईवटा अन्तराष्ट्रिय नियमित यात्रु उडान गर्न र कार्गोको लागि एउटा गरि बढिमा तीन वटा अन्तराष्ट्रिय उडान अनुमति(लाइसेन्स) दिइने प्रावधान छ । हालम्म आठवटा कम्पनीले अन्तराष्ट्रिय उडान अनुमति (लाइसेन्स) पाइसकेका छन् । त्यसमध्ये अधिकांश अनुमति(लाइसेन्स) खारेजी अवस्थामा छन् ।

No comments:
Post a Comment