Thursday, August 18, 2011

विमानस्थजको नयाँ टयाक्सी प्रतिस्थापनमा ढिलाई

काठमाडौं । पर्यटक सवारका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रयोग गरिएका पुराना ट्याक्सीहरुलाई हटाएर नयाँ टयाक्सी प्रतिस्थापनको कार्यक्रमलाई बजेटमा समेट्ने सरकारले गरेको प्रतिबद्धताले सार्थकता पाउन सकेन । पर्यटकीय दृष्टिले ट्याक्सी सुविधास्तर कम र वातावरण प्रतिकुल भएकाले त्यसलाई हटाएर नयाँलाई प्रतिस्थापन गर्न पर्यटन व्यवसायीहरुले विगत लामो समयदेखि सरकारसँग  मागे गर्दै आएका छन् । तर आर्थिक वर्ष २०६८÷०६९को बजेटले समेट्ने सरकारले गरेको प्रतिवद्धता पुरा नभएपछि पर्यटन व्यवसायीहरुले तीब्र आलोचना गरेका छन् ।
उनिहरुले पर्यटन वर्ष २०११को प्रवद्र्धनमा प्रमुख हिस्सेदार यातयात व्यवसायलाई सरकारले उपेक्षा गरेमा आक्रोशसमेत पोखेका छन् । तर यसबीचमा विगत लामोसमयको संघर्षपछि पर्यटक यातयात व्यवसायलाई उद्योगको रुपमा मान्यता दिइएमा भने उनिहरु सकारात्मक रुपमा लिएका छन् । ‘हरियो प्लेटले उद्योगको रुपमा मान्यता पाएको कुरा सकारात्मक छ तर यस समस्याको समाधान पुर्णरुपमा गर्नको लागि विमानस्थलको पुरानो गाडीलाई सरकारले तत्काल कन्टेनरमा पु¥याउनु आवश्यक छ’, शनिबार राजधानीमा आयोजना एक कार्यक्रममा पर्यटन व्यवसायी दीपक महतले भन्नुभयो–‘नयाँ गाडी प्रतिस्थापन गरेर त्यसको व्यवस्थापनको लागि तत्काल निश्चित मापदण्ड तयार पार्नुपर्दछ ।’
नेपाल पर्वतारोहण संघका पूर्वाध्यक्ष आङछिरिङ शेर्पाले पर्यटनको एक अभिन्न अंग यातयात भएकोले सरकारले त्यसमा गम्भिर ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘भारत तथा चीनमा २० लाख पर्ने गाडी नेपालमा ५० लाखको हाराहारीमा पर्न जान्छ, त्यहाँको सडक व्यवस्थापनलगायतका सबै पक्षलाई हेर्दा नेपाल अति अव्यवस्थित छ । यसलाई सरकारले समायोजन गरेर लानुपर्ने हो ।’
त्यस्तै ठमेल पर्यटन विकास परिषद्, सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर, नेपाल पर्यटक यातयात व्यवसायी संघ, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल, नेपाल एसोसिएशन अफ राफ्टिङ एजेन्टस्, नेपाल एसोसिएशन टूर एण्ड ट्राभल एजेन्टस्लगायतले पनि विमानस्थलको पुरानो टयाक्सीलाई हटाएर नयाँ प्रतिस्थापनमा सरकार तत्काल अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा पुराना टयाक्सी हुनुले समग्र मुलुकको पहिचान नै गुम्ने भएको भन्दै पर्यटन वर्ष २०११को अवसर पारेर ट्याक्सी लगायत विमानस्थलमा सेवा सुविधा विस्तार गर्नुपर्ने व्यवसायीहरुको माग छ । त्यसको समाधान गर्ने उद्देश्यले पर्यटन तथा उड्डयन मन्त्रालयका पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा एक समिति पनि गठन भएको छ । सो समितिले विमानस्थलका पुराना ट्याक्सी विस्थापनको विषयमा अर्थ मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलगायतका सम्बद्ध निकायलाई प्रतिवेदन बुझाएको छ श्रममन्त्रालयसँग डेलिगेसनसमेत गरिसकेको छ । तर त्यसको समाधान भने हुन सकेको छैन ।
विमानस्थलमा हरियो नम्बर प्लेटका पर्यटक ट्याक्सी २० वर्षभन्दा पुराना छन् । ती टयाक्सीहरु पर्यटकीय सेवासुविधाको दृष्टिकोणले गुणस्तरहीन हुन् । हाल विमानस्थलमा २ सय ४० वटा ट्याक्सी संचालनमा रहेका छन् । त्यसमध्ये १ सय ७० वटा ट्याक्सी २० वर्ष पुराना छन् भने ७० वटा १५ वर्ष पुराना रहेका छन् । जुन ६८ जना व्यवसायीको लगानी सञ्चान गरिदै आइएको हो ।

No comments: