Wednesday, July 13, 2011

मेरै कार्यकालमा निगमलाई आवश्यक जहाज आउछ

मनरुप शाही ‘नेप्च्युन’गौरवशाली इतिहास बोकेको नेपालको एकमात्र राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष हुनुहुन्छ । उहाँ निगमको लामो सक्रमनकालपछि ११औं कार्यकारी अध्यक्षको रुपमा ४ वर्षको लागि सरकारले नियुक्त गरेको हो । शाहीको जन्म कालिकोटको अति विपन्न वर्गमा भएको हो । उहाँले भारतको गोरखपुरबाट प्राविधिकमा डिप्लोमासम्मको अध्ययन पुरा गरिसक्नभएको छ । विगत लामोसमयको राजनितिक पृष्ठभूमिबाट आउनुभएका उहाँ माले,एमाले हुदै हाल एकीकृत माओवादीमा सक्रिय हुनुहुन्छ भने यसअघि युनाइटेड मिसन टु नेपालको कार्यक्रम संयोजक, मेट्रो एफएमको स्टेसन म्यानेजर तथा समाजकल्याण पसिषदको कोषाध्यक्षलगायतको जिम्मेवारी पूरा गरिसक्नुभएको छ । निगमको वर्तमान अवस्था र समसामयिक विषयमा शाहीसँग आर्थिक राष्ट्रिय दैनिक कर्पोरेट ब्यूरोका प्रकाश खालिङले गरेको कुराकानीको मुख्य अंशः

निगममा देखिएको लामो समयदेखि हुँदै आएका अस्तव्यस्तताको मुल जड चाहि के हो ?
सरकारको कमजोरीको कारणले गर्दा निगमको अघिल्लो कार्यकारी अध्यक्ष र महाप्रबन्धकबीच शक्ति सन्तुलन (पावर सियरिङ) हुन सकेन । दुई पक्षको बीचमा कटुता पैदा भई एकाएक गुटबन्दी चुलिदैका कारणले निगमका कर्मचारीहरु विभाजित भए । यसको समाधानको सट्टा झन एकमाथी अर्को समस्या हाबी हुदैं गयो । त्यसले निगमको संस्थागत संरचना नै पूर्ण रुपमा ध्वस्त भयो । संस्थाको नियमित काम कार्बाहिसमेत प्रभावित भएपछि पूर्ण रुपमा अघि बढिसकेको विमान खरिद प्रक्रियालाई सुन्यमा झारियो । त्यहिबाट निगम धरासायीतर्फ धकेलिएको हो । सरकारले त्यस्ता चुनौतिपूर्ण समस्याहरुको समाधान गर्ने महत्वपूर्ण कार्यभारको जिम्मेवारी मलाई दिएको छ । यसअघि विवादित महाप्रबन्धक र कार्यकारी अध्यक्ष दुइवटै जिम्मेवारी एउटैमा सन्तुलन गरेर मलाई दिएकोमा अहिले कर्मचारीहरुमा एउटा उत्साह जागेको छ ।
तपाईको कार्यकालभित्र निगमको लागि के गर्न सक्छ भन्ने दावी गर्नुहुन्छ ?
अहिले म निगमको अध्ययनमा केन्द्रित भएको छु । निगमको संस्थागत पुनसंरचना भएरमात्र नयाँ कामको थालनी हुन्छ । मेरो पहिलो काम नै यहि हुनेछ । कर्मचारीहरुलाई उर्जा प्रदान गर्न पनि संस्थागत पुनरसंरचना हुन जरुरी ठानेको छु । म सुरुमै भन्छु जो कर्मचारीहरु संस्थाप्रति तल्लिन र इमान्दार छन् उनिहरुलाई सहयोग हुन्छ भने आफनो स्वार्थपुर्तिको लागि लाग्ने कर्मचारीहरु स्वत कुनैपनि आग्रह पूर्वाग्रहविना कडाभन्दा कडा कार्वाही गरिने छ । यो मेरो प्रतिवद्धता पनि हो ।   यो कामलाई अघि बढाउनको लागि सबैलाई मान्य हुने विज्ञहरुको एउटा कमिटी बनाएर त्यसमार्फत कर्मचारहरुको पुनरसंरचना हुनेछ । दोस्रो कुरा अहिले हामीसँग भएका ७ वटा ट्वीनअटर मध्ये ४ वटा ग्राउण्डेड छन् र ३ वटा सञ्चालित । ग्राउण्डेड ती विमानहरुको मर्मतको काम तत्काल थालिने छ भने सञ्चालनमा ल्याउन नसकिने अर्थात यसअघि सञ्चालक समितिले विक्रि गर्ने भनेर गरेको निर्णयअनुसार दुईवटा विग्रेका विमानलाई विक्रि प्रक्रियामा लगिने छ । निगममा २५ वर्षभन्दा बढि समयसम्म कुनै पनि विमान खरिद गर्न नसकिएको यो अवस्थामा छिटोभन्दा छिटो विमान खरिद प्रक्रिया अघि बढाउने तेस्रो मेरो काम हुनेछ । त्यो सकेसम्म छिटो, छरितो अझ प्रस्टरुपमा भन्दा कानुनले कतै पनि अप्ठेरो नपार्ने अनि कुनै पनि विवाद नहुने तरिकाबाट विमान खरिदको पक्षमा मेरो कदम अघि बढ्ने छ । त्यस्तै चौथो कुरा आर्थिक रुपले धरासायी अवस्थामा रहेको निगममा आर्थिक सुधारको कामको सुरुवात हुन्छ । हामीसँग रहेका ठूलो सम्भावनाहरु जस्तो निगमको नाममा प्रसस्त सम्पतिहरु (जग्गाजमिन तथा विभिन्न चलअचल सम्पतिहरु) छन् । अहिले ती सबै स्थिर भएका कारण त्यसबाट कुनै उत्पादन हुन सकेको छैन । त्यसलाई उत्पादनमुखि बनाउनेतर्फ पनि विशेष पहल हुनेछ । त्यस्का साथै अन्य निगमका सम्वावित जे छन् ती सम्भावनाहरुलाई जति सक्दो चाडो परिचालन गरेर उत्पादनतर्फ लगाउने र निगमको पुजीगत अवस्था सुदृढ गर्नेलगायतका कामहरु मेरो कार्यकालभित्र हुने छन् ।
भदौभित्र २ वटा जहाज आउछ ?
हाम्रो प्रयास त्यहि हो । त्यसैमा जोडतोडका साथ लागिरहेका छौं । भदौभित्र आउछ आउदैन भन्ने कुरा अहिलै भन्नुभन्दा पनि म के भनौ भने हाम्रो अगाडी दुईवटा विकल्पहरु छन् । एउटा पुरानै प्रक्रियालाई निरन्तरता दिएर विमान ल्याउने र अर्को नयाँ प्रक्रिया थाल्ने । ती २ विकल्पमध्ये पनि नयाँ प्रक्रियाबाट जादा कम्तिमा ३÷४ वर्ष लाग्नेमा कसैको दुइमत छैन । त्यसैले निगमको अहिलेको आवश्यकतालाई ध्यानमा राखेर मन्त्रिस्तरबाट पास गराएर एक दम छिटो जहाज किन्ने एउटा विकल्पको रुपमा एउटा स्तरबाट प्रस्ताव आएको छ यो एकदम जायज छ । जसरी हुन्छ सकेसम्म चाडो विमान ल्याउनेमा  म दृढ संकल्प गर्छु ।  
कहिलेसम्म र कतिवटा जहाज आउछ जनताले वुझ्ने भाषमा भन्दिनुस न ?
म अहिले के मात्र भनौ भने सकेस्म्म छिटो २ वटा भन्दा वढी जहाज ल्याउनुपर्छ । पुरानै प्रक्रियालाई अघि वढाएर पनि जान सकिन्छ । मेरो कार्यकाल मै निगमलाई आवश्यक जहाजहरु ल्याउन सकिन्छ भन्नेमा म विश्वस्त छु । नयाँ प्रक्रियामा जादा कानूनी प्रक्रिया लम्विएर २ ।४ वर्ष लाग्छ । त्यसैले हामीसँग उपयूक्त विकल्प क्याविनेटबाट पास गराएर त्यस प्रक्रियामा जानु हो ।  अझ मैले त नेपाल सरकार जमानी बसिदिए ४।५ वटै विमान किन्न सक्छौ । अहिले अन्तर्राष्ट्रिय बजारमा त्यहि भइरहेको छ । जस्तो इण्डियन इयरलाइन्सँग ४।५ सय वटा विमान छन् । उसले तत्काल सवै पैसा तिरेर किनेको होइन । कम्पनीसँग सम्झौता गरेर उसले आफूलाई चाहिने विमान राख्छ र अनावश्यक जहाजलाई विक्री गर्छ । त्यसवाट पनि फाइदा लिन्छ । म सरकारलाई जमानी राखेर ४ ÷५ वटा विमान ल्याउन पक्षमा छु । सरकर जमानी मात्र बसिदिनुपर्छ । यो पनि हाम्रो छलफलको विषय वन्नुपर्छ ।
 निगमभित्र गुटबन्दी व्यापक छ त्यसलाई कसरी हेरीरहनु भएको छ  ?
तत्कालिन आवश्यकता संगठनलाई एकता बनाउने नै हो । यसअघिको गुटउपगुटमा रहेको कर्मचारीहरुको मनस्थिति ठीक ट्रयाकमा ल्याएर सबैसँग सहकार्यका साथ निगमको कामकार्वाहीलाई तिब्रता दिने मैले आफ्नो प्रमुख दायित्व ठानेको छु । कुनै पनि संस्थालाई अघि बढाउन पूँजीको आवश्यकता हुन्छ । निगममा जनशक्तिको सन्तुलन मार्फत पूँजीलाई व्यवस्थित गर्न सकिन्छ । यसरीनै गुटवन्दी हट्दै जाने छन् । अर्को तत्काल गर्नुपर्ने काम चाही हामीसँग भएको टवीन अटर विमान सुचारु गर्ने हो । हामी सेवामुखी पनि भएकोले निजी विमानले उडान नगर्ने क्षेत्रहरुमा उडान गर्नुपर्छ । पुरानो विमान मर्मत गरेर सञ्चालनमा नल्याउने हो भने डोमेस्टीक सेवा बन्द गरे पनि हुन्छ । किनकी डोर्नियल विमान ल्याएर पनि नेपालगन्ज, सुर्खेत जस्ता तराई क्षेत्रमा मात्र सञ्चालन गर्न सकिन्छ अन्यथा जुम्ला, हुम्ला, दार्चुला सोलजस्ता अप्ठेरो ठाउँमा उदान गर्नको लागि सुरक्षित भनेको टवीनअटरनै हो । त्यसैले पनि हामीसँग रहेका विक्रेको टवीनअटर विमान मर्मत गरेर सञ्चालन गर्नुको विकल्प छैन ।
निगमलाई सुधार्ने आधारहरु के ?
संस्थालाई राम्रोसँग सञ्चालन गर्न लगानीले मै भर पर्छ । यहाँका कर्मचारीहरुमा निगमलाई बचाउनुपर्छ भन्ने भावना छ । निगम लामो समयको गौरवशाली इतिहास वोकेको एकमात्र राष्ट्रिय ध्वजावहाक संस्था हो । यसमा लामो समय अनुभव बटुलेको दक्ष जनशक्ति छन् । त्यहि जनशक्तिले नै निगमको भविष्यको रेखा कोर्ने हो । त्यसलाई सहि दिशा निर्देश गर्ने जिम्मेवारी मेरो काधमा छ त्यसैले पूरानो सोचबाट अलिकति माथी उठेर अघि बढौ भन्ने आह्वन गर्छु । त्यस्तै निगममा विगतदेखिनै आन्तरिक चुवावट (भ्रष्टाचार) भएको आशंका छ । म त्यसको खोजी गर्दैछु । त्यो चुवावट रोक्न सकियो भने निगमको आर्थिक हैसियतमा विल्कुलै सुुधार आउछ । त्यसमध्ये निगममा भएको एकमात्र श्रोत ग्राउण्ड ह्याण्डलिङमा पनि आर्थिक चुवावट हुन्छ भन्ने सुन्नमा आएको छ । अहिले कर्मचारिहरुसँगको अन्तक्रियावाट एकजना लोडर कै २।३वटा घर छ भन्ने सुनेको छु यो कसरी सम्भव भयो ? छानविन हुन्छ । सतप्रतिशत चुवावट रोक्न नसकेपनि यसको निराकरणको काम हुन्छ ।
कम लगानीका कारणले नै निगमको ऋणभार उच्च भएको हो ? निगमको ३७करोड ९६लाख मध्ये कूल पूँजी मध्ये २१ करोड ७० लाख सरकारी लगानी रहेको छ । निगमलाई यदि बचाई राख्ने हो भने सरकारले तत्काल लगानी बढाउनु पर्छ । निगमसँग भएका स्थीर पूँजीलाई परिचालन गरेर आन्तरिक रुपमा पूँजी बढाउने पहल पनि थालिने छ । मेरो कार्यकालभित्र आन्तरिक पूँजी वृद्धि गर्ने कामको सुरुवात हुन्छ । नसरकार अहिले निगमप्रति गम्भिर देखिदैन । अहिले भइरहेको अन्तर्राष्ट्रिय बजारमा पूँजी पलायन रोक्न पनि पहल थालिनुपर्ने देखिन्छ ।
राजनितिक हस्तक्षेपले निगम धरासायी भएको भनिन्छ नी ?
हस्तक्षेप दुई किसिमको हुन्छ । एउटा फोहरी हस्तक्षेप र अर्को स्वच्छ हस्तक्षेप । निगमका यसअघि स्वास्थ्य राजनीतिक हस्तक्षेप भएको भए यो दुर्गतिमा फस्ने थिएन । किनकी राज्य सञ्चलानगर्ने राजनीतिले नै हो । राजनीतिक हरेक क्षेत्रमा आवश्यक पर्छ । तर, निगममा स्वास्थ्य हस्तक्षेको सट्टा फोहरी खेलमा फस्यो । जस्तो निगममा लाउडा, धमिजा जस्ता विभिन्न काण्ड भए निगम धरासायी हुनुको प्रमुख कारण नै त्यहि हो ।
निगमको नाममा रहेको सम्पत्तीको सुरक्षामा गम्भीर प्रश्न उठेको छ नी ?
हो हामी सामु खड्कीएको गम्भिर समस्या त्यो पनि होे । पहिलो त हालै सुरक्षाको घेराबन्दीमा रहेको जहावाटै फलाई अवे कीट हराउनुले यसको पर्दाफास गरेको छ । मैले यसलाई गम्भिर रुपममा लिएको छु । एयरपोर्ट जस्तो सुरक्षित ठाउँबाटै करोडौंको सामन चोरी हुन्छ भने यो निगमको लागि दुर्भाग्य हो । यसको खोजी हुनपर्छ । यदि निगमले त्यतिकै छोड्ने हो भने यो निगमको लागि ‘बुढिया होइन काल पल्कियो’को स्थिति हुनेछ । निगमको सम्पती सुरक्षाको लागि सम्वन्धित निकयासँग सहकार्य गरेर अघि बढिने छ ।

No comments: