निगममा देखिएको लामो समयदेखि हुँदै आएका अस्तव्यस्तताको मुल जड चाहि के हो ?
सरकारको कमजोरीको कारणले गर्दा निगमको अघिल्लो कार्यकारी अध्यक्ष र महाप्रबन्धकबीच शक्ति सन्तुलन (पावर सियरिङ) हुन सकेन । दुई पक्षको बीचमा कटुता पैदा भई एकाएक गुटबन्दी चुलिदैका कारणले निगमका कर्मचारीहरु विभाजित भए । यसको समाधानको सट्टा झन एकमाथी अर्को समस्या हाबी हुदैं गयो । त्यसले निगमको संस्थागत संरचना नै पूर्ण रुपमा ध्वस्त भयो । संस्थाको नियमित काम कार्बाहिसमेत प्रभावित भएपछि पूर्ण रुपमा अघि बढिसकेको विमान खरिद प्रक्रियालाई सुन्यमा झारियो । त्यहिबाट निगम धरासायीतर्फ धकेलिएको हो । सरकारले त्यस्ता चुनौतिपूर्ण समस्याहरुको समाधान गर्ने महत्वपूर्ण कार्यभारको जिम्मेवारी मलाई दिएको छ । यसअघि विवादित महाप्रबन्धक र कार्यकारी अध्यक्ष दुइवटै जिम्मेवारी एउटैमा सन्तुलन गरेर मलाई दिएकोमा अहिले कर्मचारीहरुमा एउटा उत्साह जागेको छ ।
तपाईको कार्यकालभित्र निगमको लागि के गर्न सक्छ भन्ने दावी गर्नुहुन्छ ?
अहिले म निगमको अध्ययनमा केन्द्रित भएको छु । निगमको संस्थागत पुनसंरचना भएरमात्र नयाँ कामको थालनी हुन्छ । मेरो पहिलो काम नै यहि हुनेछ । कर्मचारीहरुलाई उर्जा प्रदान गर्न पनि संस्थागत पुनरसंरचना हुन जरुरी ठानेको छु । म सुरुमै भन्छु जो कर्मचारीहरु संस्थाप्रति तल्लिन र इमान्दार छन् उनिहरुलाई सहयोग हुन्छ भने आफनो स्वार्थपुर्तिको लागि लाग्ने कर्मचारीहरु स्वत कुनैपनि आग्रह पूर्वाग्रहविना कडाभन्दा कडा कार्वाही गरिने छ । यो मेरो प्रतिवद्धता पनि हो । यो कामलाई अघि बढाउनको लागि सबैलाई मान्य हुने विज्ञहरुको एउटा कमिटी बनाएर त्यसमार्फत कर्मचारहरुको पुनरसंरचना हुनेछ । दोस्रो कुरा अहिले हामीसँग भएका ७ वटा ट्वीनअटर मध्ये ४ वटा ग्राउण्डेड छन् र ३ वटा सञ्चालित । ग्राउण्डेड ती विमानहरुको मर्मतको काम तत्काल थालिने छ भने सञ्चालनमा ल्याउन नसकिने अर्थात यसअघि सञ्चालक समितिले विक्रि गर्ने भनेर गरेको निर्णयअनुसार दुईवटा विग्रेका विमानलाई विक्रि प्रक्रियामा लगिने छ । निगममा २५ वर्षभन्दा बढि समयसम्म कुनै पनि विमान खरिद गर्न नसकिएको यो अवस्थामा छिटोभन्दा छिटो विमान खरिद प्रक्रिया अघि बढाउने तेस्रो मेरो काम हुनेछ । त्यो सकेसम्म छिटो, छरितो अझ प्रस्टरुपमा भन्दा कानुनले कतै पनि अप्ठेरो नपार्ने अनि कुनै पनि विवाद नहुने तरिकाबाट विमान खरिदको पक्षमा मेरो कदम अघि बढ्ने छ । त्यस्तै चौथो कुरा आर्थिक रुपले धरासायी अवस्थामा रहेको निगममा आर्थिक सुधारको कामको सुरुवात हुन्छ । हामीसँग रहेका ठूलो सम्भावनाहरु जस्तो निगमको नाममा प्रसस्त सम्पतिहरु (जग्गाजमिन तथा विभिन्न चलअचल सम्पतिहरु) छन् । अहिले ती सबै स्थिर भएका कारण त्यसबाट कुनै उत्पादन हुन सकेको छैन । त्यसलाई उत्पादनमुखि बनाउनेतर्फ पनि विशेष पहल हुनेछ । त्यस्का साथै अन्य निगमका सम्वावित जे छन् ती सम्भावनाहरुलाई जति सक्दो चाडो परिचालन गरेर उत्पादनतर्फ लगाउने र निगमको पुजीगत अवस्था सुदृढ गर्नेलगायतका कामहरु मेरो कार्यकालभित्र हुने छन् ।
भदौभित्र २ वटा जहाज आउछ ?
हाम्रो प्रयास त्यहि हो । त्यसैमा जोडतोडका साथ लागिरहेका छौं । भदौभित्र आउछ आउदैन भन्ने कुरा अहिलै भन्नुभन्दा पनि म के भनौ भने हाम्रो अगाडी दुईवटा विकल्पहरु छन् । एउटा पुरानै प्रक्रियालाई निरन्तरता दिएर विमान ल्याउने र अर्को नयाँ प्रक्रिया थाल्ने । ती २ विकल्पमध्ये पनि नयाँ प्रक्रियाबाट जादा कम्तिमा ३÷४ वर्ष लाग्नेमा कसैको दुइमत छैन । त्यसैले निगमको अहिलेको आवश्यकतालाई ध्यानमा राखेर मन्त्रिस्तरबाट पास गराएर एक दम छिटो जहाज किन्ने एउटा विकल्पको रुपमा एउटा स्तरबाट प्रस्ताव आएको छ यो एकदम जायज छ । जसरी हुन्छ सकेसम्म चाडो विमान ल्याउनेमा म दृढ संकल्प गर्छु ।
कहिलेसम्म र कतिवटा जहाज आउछ जनताले वुझ्ने भाषमा भन्दिनुस न ?
म अहिले के मात्र भनौ भने सकेस्म्म छिटो २ वटा भन्दा वढी जहाज ल्याउनुपर्छ । पुरानै प्रक्रियालाई अघि वढाएर पनि जान सकिन्छ । मेरो कार्यकाल मै निगमलाई आवश्यक जहाजहरु ल्याउन सकिन्छ भन्नेमा म विश्वस्त छु । नयाँ प्रक्रियामा जादा कानूनी प्रक्रिया लम्विएर २ ।४ वर्ष लाग्छ । त्यसैले हामीसँग उपयूक्त विकल्प क्याविनेटबाट पास गराएर त्यस प्रक्रियामा जानु हो । अझ मैले त नेपाल सरकार जमानी बसिदिए ४।५ वटै विमान किन्न सक्छौ । अहिले अन्तर्राष्ट्रिय बजारमा त्यहि भइरहेको छ । जस्तो इण्डियन इयरलाइन्सँग ४।५ सय वटा विमान छन् । उसले तत्काल सवै पैसा तिरेर किनेको होइन । कम्पनीसँग सम्झौता गरेर उसले आफूलाई चाहिने विमान राख्छ र अनावश्यक जहाजलाई विक्री गर्छ । त्यसवाट पनि फाइदा लिन्छ । म सरकारलाई जमानी राखेर ४ ÷५ वटा विमान ल्याउन पक्षमा छु । सरकर जमानी मात्र बसिदिनुपर्छ । यो पनि हाम्रो छलफलको विषय वन्नुपर्छ ।

निगमभित्र गुटबन्दी व्यापक छ त्यसलाई कसरी हेरीरहनु भएको छ ?
तत्कालिन आवश्यकता संगठनलाई एकता बनाउने नै हो । यसअघिको गुटउपगुटमा रहेको कर्मचारीहरुको मनस्थिति ठीक ट्रयाकमा ल्याएर सबैसँग सहकार्यका साथ निगमको कामकार्वाहीलाई तिब्रता दिने मैले आफ्नो प्रमुख दायित्व ठानेको छु । कुनै पनि संस्थालाई अघि बढाउन पूँजीको आवश्यकता हुन्छ । निगममा जनशक्तिको सन्तुलन मार्फत पूँजीलाई व्यवस्थित गर्न सकिन्छ । यसरीनै गुटवन्दी हट्दै जाने छन् । अर्को तत्काल गर्नुपर्ने काम चाही हामीसँग भएको टवीन अटर विमान सुचारु गर्ने हो । हामी सेवामुखी पनि भएकोले निजी विमानले उडान नगर्ने क्षेत्रहरुमा उडान गर्नुपर्छ । पुरानो विमान मर्मत गरेर सञ्चालनमा नल्याउने हो भने डोमेस्टीक सेवा बन्द गरे पनि हुन्छ । किनकी डोर्नियल विमान ल्याएर पनि नेपालगन्ज, सुर्खेत जस्ता तराई क्षेत्रमा मात्र सञ्चालन गर्न सकिन्छ अन्यथा जुम्ला, हुम्ला, दार्चुला सोलजस्ता अप्ठेरो ठाउँमा उदान गर्नको लागि सुरक्षित भनेको टवीनअटरनै हो । त्यसैले पनि हामीसँग रहेका विक्रेको टवीनअटर विमान मर्मत गरेर सञ्चालन गर्नुको विकल्प छैन ।
निगमलाई सुधार्ने आधारहरु के ?
संस्थालाई राम्रोसँग सञ्चालन गर्न लगानीले मै भर पर्छ । यहाँका कर्मचारीहरुमा निगमलाई बचाउनुपर्छ भन्ने भावना छ । निगम लामो समयको गौरवशाली इतिहास वोकेको एकमात्र राष्ट्रिय ध्वजावहाक संस्था हो । यसमा लामो समय अनुभव बटुलेको दक्ष जनशक्ति छन् । त्यहि जनशक्तिले नै निगमको भविष्यको रेखा कोर्ने हो । त्यसलाई सहि दिशा निर्देश गर्ने जिम्मेवारी मेरो काधमा छ त्यसैले पूरानो सोचबाट अलिकति माथी उठेर अघि बढौ भन्ने आह्वन गर्छु । त्यस्तै निगममा विगतदेखिनै आन्तरिक चुवावट (भ्रष्टाचार) भएको आशंका छ । म त्यसको खोजी गर्दैछु । त्यो चुवावट रोक्न सकियो भने निगमको आर्थिक हैसियतमा विल्कुलै सुुधार आउछ । त्यसमध्ये निगममा भएको एकमात्र श्रोत ग्राउण्ड ह्याण्डलिङमा पनि आर्थिक चुवावट हुन्छ भन्ने सुन्नमा आएको छ । अहिले कर्मचारिहरुसँगको अन्तक्रियावाट एकजना लोडर कै २।३वटा घर छ भन्ने सुनेको छु यो कसरी सम्भव भयो ? छानविन हुन्छ । सतप्रतिशत चुवावट रोक्न नसकेपनि यसको निराकरणको काम हुन्छ ।
कम लगानीका कारणले नै निगमको ऋणभार उच्च भएको हो ? निगमको ३७करोड ९६लाख मध्ये कूल पूँजी मध्ये २१ करोड ७० लाख सरकारी लगानी रहेको छ । निगमलाई यदि बचाई राख्ने हो भने सरकारले तत्काल लगानी बढाउनु पर्छ । निगमसँग भएका स्थीर पूँजीलाई परिचालन गरेर आन्तरिक रुपमा पूँजी बढाउने पहल पनि थालिने छ । मेरो कार्यकालभित्र आन्तरिक पूँजी वृद्धि गर्ने कामको सुरुवात हुन्छ । नसरकार अहिले निगमप्रति गम्भिर देखिदैन । अहिले भइरहेको अन्तर्राष्ट्रिय बजारमा पूँजी पलायन रोक्न पनि पहल थालिनुपर्ने देखिन्छ ।
राजनितिक हस्तक्षेपले निगम धरासायी भएको भनिन्छ नी ?
हस्तक्षेप दुई किसिमको हुन्छ । एउटा फोहरी हस्तक्षेप र अर्को स्वच्छ हस्तक्षेप । निगमका यसअघि स्वास्थ्य राजनीतिक हस्तक्षेप भएको भए यो दुर्गतिमा फस्ने थिएन । किनकी राज्य सञ्चलानगर्ने राजनीतिले नै हो । राजनीतिक हरेक क्षेत्रमा आवश्यक पर्छ । तर, निगममा स्वास्थ्य हस्तक्षेको सट्टा फोहरी खेलमा फस्यो । जस्तो निगममा लाउडा, धमिजा जस्ता विभिन्न काण्ड भए निगम धरासायी हुनुको प्रमुख कारण नै त्यहि हो ।
निगमको नाममा रहेको सम्पत्तीको सुरक्षामा गम्भीर प्रश्न उठेको छ नी ?
हो हामी सामु खड्कीएको गम्भिर समस्या त्यो पनि होे । पहिलो त हालै सुरक्षाको घेराबन्दीमा रहेको जहावाटै फलाई अवे कीट हराउनुले यसको पर्दाफास गरेको छ । मैले यसलाई गम्भिर रुपममा लिएको छु । एयरपोर्ट जस्तो सुरक्षित ठाउँबाटै करोडौंको सामन चोरी हुन्छ भने यो निगमको लागि दुर्भाग्य हो । यसको खोजी हुनपर्छ । यदि निगमले त्यतिकै छोड्ने हो भने यो निगमको लागि ‘बुढिया होइन काल पल्कियो’को स्थिति हुनेछ । निगमको सम्पती सुरक्षाको लागि सम्वन्धित निकयासँग सहकार्य गरेर अघि बढिने छ ।

No comments:
Post a Comment