प्रकाश खालिङ,
काठमाडौं, असार १६ .नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष मनरुपकेशरी शाही (नेप्च्युन)ले आफ्नो पदभार ग्रहण गर्नुभएको छ । पर्यटन मन्त्री खड्कबहादुर विश्वकर्माको सिफारिसमा बुधबार निगमको कार्यकारी अध्यक्षको नियुक्ति पाएका शाहीले बिहिबार न्युरोडस्थित निगमको कार्यलयमा पुगी पदभार ग्रहण गर्नुभएको हो ।
सो अवसरमा नवनियुक्त अध्यक्ष शाहीलाई निगमको तर्फबाट स्वागत गरिएको थियो । स्वागत कार्यक्रममा राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा संगालेका आफ्नो अनुभवको आधारमा निगममा देखिएको समस्याहरुको समाधान खोज्ने प्रतिवद्धता व्यक्त गर्नुभएको नवनियुक्त अध्यक्ष शाहीलाई उद्धित गर्दै माओबादी समर्थित निगमका कर्मचारी संगठनका अध्यक्ष राजेन्द्र रेग्मीले बताउनुभयो । उहाँले (शाहीले) आफुले कसैसँग आग्रह पूर्वाग्रह नगरिकन निष्पक्ष ढंगले निगमको हित हुने काम गर्ने प्रतिबद्धता व्यक्ति गर्नुभयो, रेग्मीले आर्थिक दैनिकसँगको कुराकानीमा भन्नभयो–‘उहाँले प्लेन किन्ने कुरामा पार्दशी रुपमा मन्त्रीले बोल्नुभएको छिटो प्रक्रियाबाटै जाने बताउनुभएको छ ।’ यसअघि पर्यटन मन्त्री विश्वकर्माले टेण्डर प्रक्रियाबाट जहाज किन्दा झन्जटिलो र अपादर्शी हुने भएकोले मन्त्रिस्तरियबाट पास गराएर आउदो भदौभित्र २ वटा जहाज किन्ने बताउनुभएको थियो । त्यस्तै शाहीले निगमको कर्मचारीहरुको रुपान्तरणलगायतका सबै समस्याहरुको हल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको रेग्मीले बताउनुभयो ।
माओबादी समर्थित कर्मचारी युनियनले उक्त कार्यक्रमलाई स्गागत गर्दै भव्य उत्सब कै रुपमा मनाए । कार्यक्रमपछि प्रतिक्रिया दिदै अध्यक्ष रेग्मीले आफुहरुले नवनियुक्त अध्यक्ष शाहीको आत्मविश्वास र इमान्दारीतालाई स्वगत गरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘उहाँ इमान्दारि र आत्मविश्वासिलो हुनुहुन्छ भन्नेमा हामी पूर्ण विश्वस्त छौं किनकी यसअघि उहाँले गर्नुभएको थुपै्र कामहरुले त्यो प्रष्ट पारेको छ ।’ तालमेल मिलाएर छिटोभन्दा छिटो जहाज खरिद गर्ने प्रक्रियामा जानुपर्नेमा रेग्मीको जोड थियो ।
तर उत्तापट्टि अर्को थरी कर्मचारी युनियनले त्यसलाई मौन समर्थन मात्र जनाएका थिए । गत बुधबार कांगे्रस पक्षले शाहीलाई निगमको अध्यक्षमा नियुक्त गरिएकोमा ठूलो विरोधसमेत जनाएको थियो । उनिहरुले अनुभवविनाको व्यक्ति अध्यक्षमा नियुक्त गरिएको भन्दै निगमको अध्यक्षमा शाही नियुक्ति गर्ने मन्त्रिपरिषदले निणर्य गरेलगत्तै त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए ।
तर, बिहिबार पदभारग्रहण कार्यक्रमको पूर्वसन्ध्यामा मात्र उनिहरुले उक्त निर्णय फिर्ता लिए छन् । उनिहरुले नवनियुक्त अध्यक्ष शाहीको कामकार्यक्रलाई हेरेर विरोध र समर्थन जनाउने निर्णयसहित सो निर्णय फिर्ता लिएको बताएका छन् ।
हालको लागि भइहालेको निर्णयलाई हामीले मान्नुपर्छ भन्ने मानसिकतामा पुगेका छौं, कांग्रेस समर्थित नेवानी कर्मचारी युनियनका अध्यक्ष तारणीराज दहालले बुधबार भन्नभयो–‘तर राजनितिक नियुक्ती गर्ने कुरामा भने हाम्रो पूर्ण असहमति हो ।’ मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमजस्तो संबेदनशील ठाउँमा राजनितिक नियुक्ती नभई अनुवको आधारमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गरिएको नेतृत्वले मात्र निगमलाई सहि दिशातर्फ लाने उहाँले जिकिर गर्नुभयो ।
यो पनि पूर्ण राजनितिक नियुक्ति होनी भन्ने प्रशनको जवाफमा उहाँले नियुक्ति गर्ने काम भइसकेकाले उहाँ (शाही)को कामलाई हेरेर विरोध र समर्थनमा कर्मचारीहरु एक हुने बताउनुभयो । दहालले नवनियुक्त अध्यक्ष शाहीतर्फ संकेत गर्दै पूर्ण राजनितिक नियुक्तिबाट आएको नेतृत्वको कारण गर्दा निगम धरासायी हुनेतर्फ धकेलिएको समेत धारणा राख्नुभयो । उहाँले भन्नुभयो–‘यसअघिको २०÷२५वर्षसम्म धेरै विद्धानहरुपनि आए तर अहिलेसम्म निगमको लागि सिन्को पनि भाच्ने काम भएन भने अहिलेको अध्यक्षबाट ती कामहरु हुनको लागि ठूलो चुनौति खडा भएको छ ।’
निगममा यसअघि महाप्रबन्धक र कार्यकारी अध्यक्ष पद थियो । यसअघि कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार र महाप्रबन्धक कुलबहाद््र (केबी) लिम्बूबीच निगममा को ठूलो भन्ने ठूलो लडाई चलेकोले कारण निगमको हरेक काम कार्वाहीमा समस्यामाथी समस्या थपिएको थियो । सोही कुरा ठहर गर्दै क्याविनेटको निर्देशनअनुसार पर्यटनमन्त्रालयले बुधबार उनिहरु दुबै जनालाई निगमबाट हटाएको थियो ।

No comments:
Post a Comment