Thursday, October 30, 2014

सोलुखुम्बु काँकुका तिलक बहादुर राईद्वारा विष सेवन

सोलुुखुम्बु, कात्तिक १३ – सोलुखुम्बुको काँकु गाविसमा विष सेवनबाट एक पुरुषको मृत्यु भएको छ । बुधबार काँकु–८ स्थित देब्कुका २९ वर्षीय युवक तिलकबहादुर राईले घरमा कोही नभएको समयमा विष सेवन गरेको उनको परिवारले जनाएको छ ।

विष सेवन गरी छटपटिएका उनलाई प्रहरीको सहयोगमा काँकुकै उपस्वास्थ्य चौकीमा लैजाने क्रममा उनको मृत्यु भएको स्थानीयवासी श्याम माया खालिङले जानकारी दिए । शव अहिले उपस्वास्थ्य चौकी काँकुमा नै रहेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक खगेन्द्र खड्काको नेतृत्वको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

सोलुखुम्बुमा विष सेवन गरि एकको मृत्यु

प्रकाशित मिति: 2:52:27 pm, October 30, 2014

9
2
0
0
11
सोलुुखुम्बु, कात्तिक १३ – सोलुखुम्बुको काँकु गाविसमा विष सेवनबाट एक पुरुषको मृत्यु भएको छ ।
बुधबार काँकु–८ स्थित देब्कुका २९ वर्षीय युवक तिलकबहादुर राईले घरमा कोही नभएको समयमा विष सेवन गरेको उनको परिवारले जनाएको छ ।
विष सेवन गरी छटपटिएका उनलाई प्रहरीको सहयोगमा काँकुकै उपस्वास्थ्य चौकीमा लैजाने क्रममा उनको मृत्यु भएको स्थानीयवासी श्याम माया खालिङले जानकारी दिए ।
शव अहिले उपस्वास्थ्य चौकी काँकुमा नै रहेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक खगेन्द्र खड्काको नेतृत्वको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
- See more at: http://www.ratopati.com/2014/10/30/178277.html#sthash.PnVWLdqY.D7SKCaIa.dpuf

No comments: