काठमाडौं,
२४ असोज । पहिचान सहितको संघीय संविधानको माग गर्दै एनेकपा माओवादी लगायत
२२ दलले विरोध प्रर्दशन गरेका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष
प्रचण्ड नेतृत्वको संघीय गणतान्त्रिक मोर्चा, पहिचानमा आधारित संघीय
गठवन्धनसहितको तीन मोर्चाले शुक्रबारबाट संयुक्त आन्दोलन शुरु गरेको हो ।
‘पहिचान
सहितको संघीय संविधान जारी गर’ लगायत नारा लगाउ“दैं माईतीघर
मण्डलाबाट शुरु भएको विरोध प्रर्दशन नया“ बानेश्वर स्थित संविधानसभा गेटमा
पुगि सभामा परिणत भएको थियो । विरोध सभालाई सम्बोधन गर्दै २२ दल सम्मिलित
संघीय गणतान्त्रिक मोर्चामा आवद्ध दलका नेताहरुले पहिचान सहितको संघीय
संविधानका लािग राजनीतिक सहमति नभए पहिचान पक्षधर सभासद्ले सामूहिक
राजिनामा गरी सडकबाटै कडा आन्दोलन गर्ने चेतावनी दिए । पहिचान र संघीयता
विनाको अंकगणितीय संविधान जारी गर्ने षड्यन्त्र भइरहेको भन्दै नेताहरुले
विरोध प्रदर्शन गरेको बताए ।
विरोध
प्रदर्शनमा एनेकपा माओवादी, मधेसी जनाधिकार फोरम, मधेसी जनाधिकार फोरम
नेपाल, पहिचानमा आधारित संघीय गठबन्धमा आवद्ध दल लगायत २२ दलका
प्रतिनिधिहरुको सहभागिता रहेको थियो । विरोध प्रदर्शन सभालाई सम्बोधन गर्दै
एनेकपा माओवादीका नेता महासचिव कृष्णबहादुर महराले सहमतिबाटै संविधान
निर्माण गरिनुपर्ने पक्षमा आफुहरु रहेको बताए । विरोधसभामा संघीय
समाजवादीका अध्यक्ष अशोक राई, जनजाति अगुवा ओम गुरुङ लगायतको सहभागिता
रहेको थियो ।
२२
दल आबद्ध गठबन्धनले सहमतिमा संविधान जारी गर्न संघर्षका कार्यक्रमहरु समेत
सार्बजनिक गरेको छ । संघर्षका कार्यक्रमहरुमा असोज २७ गते इटहरीमा जुलुस
तथा सभा, २९ असोजमा दाङको घोराहीमा जुलुस तथा सभा, असोज ३१ गते काठमाडौंको
खुलामञ्चमा जनसभा गर्ने अपिलमा उल्लेख गरेको छ । अन्य कार्यक्रमहरु
आबश्यकता अनुसार तयार गर्ने अपिलमा उल्लेख छ । यसैबीच जनजातिहरुले पनि २२
दलको विरोध प्रदर्शनमा ऐक्यबद्धता जायर गरेका छन् ।

No comments:
Post a Comment