Sunday, September 7, 2014

गाउँले मञ्चमा सोलुखुम्बु जिल्लाका ख्यातिप्राप्त प्रतिभाहरु


शिखर पोष्ट डेक्स
काठमाडौं, २३ भाद्र । सोलुखुम्बु जिल्लामा जन्मेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको ख्यातिप्राप्त प्रतिभाहरु अब एउटै मञ्चमा प्रस्तुत हुने भएका छन् ।  गाउँले इन्टरटेनमेन्ट प्रालिले हिन्दुहरुको महान चाड दशै तथा तिहारको अवसरमा आयोजना गर्न लागेको सोलुखुम्बु सांगीतिक साँझ तथा सम्मान कार्यक्रम २०७१ मा उनीहरु देखिन भएका हुन् ।

उक्त कार्यक्रम आउँदो असोज ८ गते दिउसो ३ बजेदेखि काठमाडौंको जमलस्थित राष्ट्रिय नाँचघरमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रममा हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस), गायक आनन्द कार्की, मिङमा शेर्पा, पूर्ण राई, जसीहाङ राई, गायिका निरा राई, हास्यकलाकार कुमार कट्टेल (जिक्री, नृत्याङ्गना पुष्पा खालिङ तथा उदघोषकको रुपमा पेम्बा गेलुशेर्पा लगायतको बेजोड प्रस्तुति रहने गाउँले इन्टरटेनमेन्टका अध्यक्ष बलबहादुर खालिङले जानकारी दिनुभयो । कार्यक्रममा सोलुखुम्बुमा जन्मेर विभिन्न क्षेत्रबाट देशको विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई विशेष सम्मान प्रदान गरिने पनि उहाँले जानकारी दिनुभयो ।

आयोजकका अनुसार उक्त कार्यक्रमको लागि रु. ३००।–, रु. ५००।– र रु. १०००।– गरी तीन किसिमको टिकम मुल्य निर्धारण गरिएको छ । टिकट विभिन्न ठाउँबाट प्राप्त गर्न सकिने छ । कार्यक्रमको लागि विस्तृत जानकारी लिनु परेमा वा टिकट खरिद गर्नुपरेमा मोवाइल नम्बर ९८४३७४६६३१ तथा ९८४३५९१८०९ मा फोन गर्न सकिने छ । गाउँले इन्टरटेनमेन्टले यसअघि आनन्द कार्की साँझ २०७१ लगायतका महत्वपूर्ण कार्यक्रमहरु सफलतापूर्व सम्पन्न गरिसकेको छ ।  

No comments: