Wednesday, September 17, 2014

सोलुखुम्बुको लागि टिकट अभाव

हरिजंग थापा
सोलुखुम्बु, असोज १ । दशैँतिहारका लागि राजधानीबाट स्थलमार्ग हुँदै सोलुखुम्बु आउने यात्रुहरुका लागि टिकट अभाव हुन थालेको छ  । आसोज १० गतेदेखि १४ गतेसम्म सोलुखुम्बु आउने गरी सबै यातायात समितिहरुको अधिकांश टिकट बिक्री भइसकेकाले टिकट अभाव हुन थालेको हो ।

 टिकट बुकिङ खुला गरेको तीन दिन भित्रमा सबै यातायात समितिहरुले टिकट सकिएको बताउन थालेका छन् ।  ४० वटा जीप बाट सेवा दिदै आएको दुधकुण्ड यातायात सेवा समितिमा भने १४ गते पछाडीका टिकट बाकी रहेको समितिले जनाएकोे छ । यातायात सेवा समितिका कोषाअध्यक्ष दावा शेर्पाले १३ गते सम्मका लागी टिकट बिक्रि गर्ने काम लगभग सकिएकाले यात्रुहरुलाई गन्तव्यमा पुर्याउने काम मात्र बाँकी रहेको बताउनुभयो ।

यस्तै सदरमुकाम बाट काठमान्डौ जाने टिकट सकिए पछि थप टिकटको व्यवस्था गरिएको बताइएको छ । तर राजधानीबाट सोलुखुम्बु आउनका लागि भने धेरै यात्रुले टिकट नपाउने पक्का भएको छ । यसरी टिकट नपाउने पक्का भएको भएपनि सवारी साधन थप गर्ने बारे सरोकारवाला निकायहरुले कुनै योजना भने सार्वजनिक गरेका छैनन् ।

 टिकट नपाउने समस्यासँगै यात्रुहरुले टिकटका लागि बढी भाडा तिर्नुपर्ने बाध्यता देखिएको छ । यस्तो समस्या समाधानका लागि सदरमुकाम सल्लेरी र राजधानीका विभिन्न ठाउँमा यात्रु सहयता कक्ष राखिएपनि यात्रुहरुको सहज यात्राका लागि भने कुनै पहल नगरेको यात्रुहरुले गुनासो गरेका छन् ।

No comments: