Tuesday, July 29, 2014

तीन नेपाली शेर्पा महिलाद्वारा विश्व कीर्तिमान



काठमाडौं । ३ जना नेपाली शेर्पा महिलाको समूहले हिमाल आरोहणमा नया“ किर्तिमान कायम गर्न सफल भएका छन । शनिबार मध्यान्ह ३ बजेर ३५ मिनेट जा“दा ८ हजार ६ सय ११ मिटर अग्लो विश्वको दोस्रो सर्वोच्च शिखर के–टुको सफल आरोहण गर्दै माया शेर्पा, पासाङ ल्हामु शेर्पा र दावा याङजुमले विश्व किर्तिमान कायम गरेका हुन् । किर्तिमान यस अर्थमा कि आरोहणका लागि अहिलेसम्म विश्वकै सबैभन्दा जोखिम मानिने पाकिस्तानस्थित यो हिमालमा महिला मात्रैको आरोहण समूह पुगेको पहिलो अवसर हो । त्यस्तै के–टु हिमाल पुग्ने पहिलो नेपाली महिलाको किर्तिमान पनि उनीहरूले नै बनाएका छन् ।


उनीहरुको समूह जुन १९ मा के–टुतर्फ प्रस्थान गरेको थियो । ‘वुमन क्लाइम्बिङ फर क्लाइमेट चेन्ज’ नाराका साथ के–टु हिमाल पुगेका शेर्पा चेलीहरू पाकिस्तानको काराकोरम क्षेत्रबाट सफलतापूर्वक शिखर पुगेका थिए । पछिल्लो केही दशकयता जलवायू परिवर्तनका कारण विश्वमा देखा परेको मौसमी फेरबदलको बारेमा चेतना फैलाउने उद्देश्य पनि उनीहरुले के–टु आरोहणको क्रममा राखेका थिए ।

यो बाहेक नेपालको हिमाल आरोहणका लागी विदेशीलाई आकर्षित गर्न‘का साथै नेपाली महिला पनि जुनसुकै हिमाल आरोहण गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्नका लागि पनि केटु आरोहणका लागि उनीहरु त्यसतर्फ गएका हुन् । हिमाल आरोहणको रेकर्ड अनुसार के–टु हिमाललाई क्रुर हिमालको रुपमा चिनिन्छ । यो हिमाल आरोहणमा गएकाहरुको ज्यान जुनसुकै पनि जोखिममा पर्ने हु“नाले यसलाई क्रुर हिमालको उपमा दिइएको हो । यस अभियानका मिडिया को–अर्डिनेटर ल्हाक्पा शेर्पाका अनुसार के–टु आरोहणको ६० वर्षे इतिहासमा धेरै थोरैले मात्रै यसको शिखर चुम्न पाएका छन् ।

के–टु पुग्ने महिलाको संख्या त झन न्युन रहेको छ । माया, पासाङ र दावाबाहेक यो हिमालमा हालसम्म ७ जना मात्रै महिला पुगेका छन् । गिनिज वल्र्ड रेर्कड्सका अनुसार सन् २३ जुन १९८६ मा पोल्याण्डकी वान्डा रुत्किवेयज पहिलोपटक के–टु हिमालको शिखरमा पुगेकी थिइन् । मिडिया को–अर्डिनेटर ल्हाक्पा शेर्पा भन्छन् ‘हिमाली महिला कल्याणकारी महिला समाजद्वारा विकट हिमाली क्षेत्रका महिलाहरुको पर्वतारोहण पेशामा आकर्षण गराउने तथा जलवायू परिवर्तको क्षेत्रमा विभिन्न कार्यक्रम गरिने योजना रहेको छ ।’

No comments: