काठमाडौ, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम प्रसाद आचार्यले कृषिलाई पर्यटनसँग जोडेर अघि बढ्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । सोमबार नेपाल पर्यटन पत्रकार मञ्च (टिजेएफ–नेपाल) को सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उहाँले सगरमाथा, पोखरा, लम्बिनी, अन्नपूर्ण र चितवन मात्र नभएर अब दुर्गम ग्रामिण क्षेत्रका स्थानीयवासीको आर्थिक र सामाजिक स्तर विकास गर्न कृषि पर्यटनमा जोड दिनुभएको हो ।
पर्यटनको विविधताका लागि कृषि पर्यटनमा सञ्चारकर्मीको भूमिका निकै सह्रानीय भएको बताउँदै उहाँले व्यवसायीलाई एक ढिक्का भएर अघि बढ्न सुझावसमेत दिनुभयो । पर्यटन पत्रकाहरुको सञ्जाल टीजेएफ–नेपालसँग काँधमा काँध मिलाएर अघि बढ्ने र पर्यटन पत्रकारहरुको बृद्धिविकासको लागि सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।
शिव अधिकारीको अध्यक्षतामा गठित टीजेएफ–नेपालको प्रथम उपाध्यक्षमा विकास लोहनी, द्धितीय उपाध्यक्षमा मधुजं पाण्डे, महासचिवमा नवराज अधिकारी, कोषाध्यक्षमा प्रकाश खालिङ र सचिवमा संगम बानिया रहनुभएको छ । त्यस्तै सदस्यहरुमा गोविन्द चिमोरिया, नवीन अर्याल, कल्पना महर्जन, तिर्सना गिरी, मुकुन्द ढुंगाना, मानछिरिङ तामाङ, भुमराज तिवारी, नारायण पौडेल, शंकर पण्डित, विष्णु पोखरेल, आभा शर्मा, सिपी अधिकारी, नवीन काफ्ले, भागवत भट्टराई, अनिल नेपाली, सोभित थपलिया र सिवी अधिकारी रहनुभएको छ ।
कार्यक्रममा निवर्तमान पर्यटन मन्त्री रामकुमार श्रेष्ठले कृषिलाई पर्यटनसँग जोड्नुपर्ने बताउँदै नयाँ नयाँ पर्यटकीय गतिविधिलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष एवं संयुक्त पर्यटन समन्वय समिति (जेटीसीसी)का संयोजक रमेश धमलाले अहिले पर्यटन क्षेत्रमा देखिएका चुनौतिलाई अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बेला आएको बताउँदै निजी क्षेत्रको पहुँचलाई स्वदेश र विदेशमा प्रवद्र्धन गर्न सञ्चार क्षेत्रले महत्वपूर्ण योगदान पु¥याएको जिकिर गर्नुभयो । टानका पूर्व महासचिव मोहन लम्सालले कृषि पर्यटनको लागि नेपाल नमुना बन्न सक्ने उल्लेख गर्दै कृषि पर्यटनलाई प्याकेजको रुपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

टुरिष्ट गाइड एसोसिएशन अफ नेपाल (टुर्गान)का अध्यक्ष हरेराम बरालले पर्यटनको विविधताका लागि कृषिलाई जोड्नुपर्ने बताउनुभयो । कृषी पर्यटनको लागि पञ्चवर्षीय, दश वर्षीय र पन्ध्र वर्षीय योजना बनाएर अघि बढ्न सकेमात्रै कृषि पर्यटनले सार्थकता पाउने उहाँको भनाइ थियो । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष पर्यटन विकासमा पर्यटन पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै टीजेएफ नेपालमार्फत यसलाई थप सशक्त बनाउन टेवा पुग्ने बताउनुभयो । यसैबीच, टीजेएफ नेपालले पर्यटन पत्रकारहरुको आकस्मिक दुर्घटनालाई मध्यनजर गर्दै १ लाख ११ हजार १ सय ११ रुपैयाको पत्रकारिता कल्याणकारी कोष स्थापना गरेको छ । त्यस्तै वर्षभरीका एक जना उत्कृष्ठ पर्यटन पत्रकारलाई २५ हजार धनराशि सहितको टुरिजम जर्नालिष्ट म्यान अफ दि इयर अवार्डबाट सम्मान गर्ने र हरेक वर्ष दुई जना पत्रकारलाई टिजेएफ नेपाल पत्रकारिता पुरस्कारबाट सम्मान गर्दै जाने टीजेएफ नेपालका अध्यक्ष शिव अधिकारीले घोषणा गर्नुभयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका कामु प्रमुख कार्यकार्य अधिकृत सुभाष निरौला, नाथमका निर्देशक चुडामणि शर्मा कट्टेल, बरिष्ठ पर्यटन व्यवसायी विक्रम पाँडे, राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपालका संयोजक दीपक महत, नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस्का अध्यक्ष डिबी लिम्बु, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया, नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामशरण कार्की, गाउँ पर्यटन प्रवद्र्धन मञ्च–नेपाल (भिटोफ)का अध्इक्ष शिवप्रसाद लामिछाने, रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने, पर्यटन सेवा संघका अध्यक्ष दलबहादुर अधिकारी, गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष कुल बहादुर गुरुङज्यू, नेपाल पर्यटन व्यवसायी मञ्चका अध्यक्ष गणेश सिंम्खडा, नेपाल प्राइभेट पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष साधुराम महर्जन, पर्यटक प्रहरी प्रभागका प्रहरी निरिक्षक बसुन्धारा भुसाललगायतको उपस्थिति रहेको थियो ।

No comments:
Post a Comment