Friday, June 6, 2014

यति एयरलाइन्सद्धारा सोलुखुम्बुमा वृक्षारोपण

सोलुखुम्बु । सामाजिक उत्तरदायित्वको एक हिस्सा स्वरुप यति एयरलाइन्सले विश्व वातावरण दिवसको सन्दर्भ पारेर सोलुखुम्बुको मुकली, देउसा र काँगेलमा करिब ४ हजार बोट वृक्षारोपण गरेको छ । वृक्षारोपण कार्यक्रम यतिले सोलुखुम्बु हर्बल बाटिकासँगको सहकार्यमा गरेको हो । एयरलाइन्सले यसभन्दा अगाडी पनि यस्तै कार्यक्रमहरुको आयोजना सुदूर पश्चिमका जिल्लाहरु बैतडी, बर्दिया, डोटी र कन्चनपुरमा सम्पन्न गरिसकेको छ ।

वृक्षारोपण कार्यक्रमका सह-आयोजक संस्था सोलुखुम्बु हर्बल बाटिकाका प्रबन्ध निर्देशक माओ राईले पर्यटन र वतावरण बीचको सम्बन्धका बारेमा प्रकाश पारेका थिए । पर्यटन र वातावरण बीचको सम्बन्ध विगतदेखि नै प्रत्यक्षतः रहँदै आएकोले पर्यटन प्रवर्द्धनलाई बढावा दिनका लागि वातावरण संरक्षण कार्यमा नागरिकहरुलाई सिधै सहभागी गराउनु नै एक उत्तम उपाय हो । वृक्षारोपण कार्यक्रम जुलाईसम्म चालु रहने र त्यस अवधिमा करिब १६ हजार बोट विरुवाहरु रोपिने लक्ष्य राखिएको छ ।

‘हामी आम नागरिकहरुमा वातावरण संरक्षणको महत्वबा बारेमा जनचेतना जागृत गराउन चाहन्छौं । यसका साथै हामी यति एयरलाइन्ससँग उडान गर्नु हुने यात्रु महानुभावहरुलाई पनि वहाँहरुले वातावरण संरक्षण कार्यमा पुर्‍याउनु भएको योगदानका बारेमा महसुस गराउन चाहन्छौं।’ यति एयरलाइन्सका प्रमुख बजार व्यवस्थापक रोशन रेग्मीले बताए ।

No comments: