सुमन खालिङ
काठमाडौं÷काँकु समावेशी विकास समिति, काठमाडौंको पहलमा सल्लेरी–मुलखर्क–काँकु सडक खण्डअन्तर्गत ११ लाख ५० हजार बराबरको सडक निर्माण कार्य सम्पन्न भएको छ । रेक्सीन्याई, नयाँ चौतारोदेखि दियाले हुदै ल्याप्रा गाउँ (स्थानीय स्वर्गीय नाम्चे राईको होटल)सम्मको सडक निर्माण कार्य सम्पन्न भएको हो ।
हाल सम्म लगानी भएको ११ लाख ५० हजार रुपैयाँमध्ये काँकु समावेशी विकास समिति काठमाडौंको २ लाख रुयैयाँ, काँकु गाविसको १ लाख ५० हजार रुपैयाँ र सडक विभागको ८ लाख रुपैयाँ रहेको समितिका अध्यक्ष जसबहादुर खालिङ राईले शिखर पोष्टलाई जानकारी दिनुभयो ।
समितिले २०७० सालमा सडक निर्माण गर्नका लागि भनेर काठमाडौंमा देउसी भैला कार्यक्रम आयोजना गरेको थियो । त्यहि कार्यक्रमबाट उठेको २ लाख रुपैयाँ सडक निर्माणमा खर्च गरिएको जानकारी पनि अध्यक्ष राईले दिनुभयो ।
उक्त सडक निर्माण कार्य काँकु समावेशी विकास समिति, काठमाडौंका उपाध्यक्ष मोहन विकका साथै स्थानीय भैबहादुर राई, महेश राई, भरुमान राई र कर्ण विकको नेतृत्वमा सम्पन्न भएको हो ।

No comments:
Post a Comment