Friday, March 21, 2014

एमाले सोलुखुम्बुको बैठकबाट पारित निर्णयहरु

सोलुखुम्बु । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले राजनीतिक नियुक्ती हुने राज्यका विभिन्न निकायहरुमा नियुक्त गर्न विभिन्न व्यक्तिहरुको नाम सिफारीस गरेको छ । हिजोदेखि सल्लेरीमा जारी नेकपा एमाले जिल्ला कमिटीको बैठकले जुनवेशीका दोर्जी जाङबु लामालाई लुम्बिनी विकास समितिको सदस्य सचिवमा, गार्माका प्रेमकुमार श्रेष्ठलाई नेपाल पर्यटन बोर्डको सदस्यमा सिफारीस गर्ने निर्णय गरेको निवर्तमान अध्यक्ष आङ ङिमा लामाले जानकारी दिए । 
दोर्जी जाङबु शेर्पा यसअघि नै पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितिको कार्यकारी निर्देशक भईसकेका व्यक्ति हुन् भने जिल्ला विकास समितिको उप सभापति समेत भईसकेका श्रेष्ठ पनि पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितिका अध्यक्ष भएर काम गरिसकेका छन् । 

यस्तै नाम्चेका तेण्डी शेर्पालाई खेलकुद विकास समितिको सदस्य सचिवमा केरुङका आङ दामी शेर्पालाई लुम्बिनी विकास समितिको उपाध्यक्षमा, नेचाका लोचन कुमार शर्मालाई पर्वतीय प्रशिक्षण प्रतिष्ठान गार्माको सदस्य सचिवमा,नेचाकै डुफकुमार बास्तोलालाई चिया विकास बोर्डको सदस्यमा, पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समिति गार्माको सदस्यहरुमा सोताङका बीरकुमार राई, बेनी ३ का लाक्पा गेलु लामा र दिनेश राईलाई केन्द्रिय कमिटीमा मनोनयन गर्न सिफारीस गर्ने निर्णय गरेको छ । 

यस्तै नेचा बतासेका डिल्ली राईलाई जिल्ला अस्पताल फाप्लुको अध्यक्षमा, जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा डाकबहादुर नेपालीको नाम सिफारीस गरेको छ भने पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समिति गार्माको अध्यक्षमा सहमति जुटाउन नसकेपछि दुई जनाको नाम सिफारीस गरेको छ । अध्यक्ष पदका लागि डी.बी. किराती तथा सन्तोष मगर दुवैले आ –आफ्नै दाबी नछाडेपछि दुवैको नाम केन्द्रीय कमिटीमा सिफारीस गरेको निवर्तमान अध्यक्ष शेर्पाले बताए ।

No comments: