काठमाडौ । अन्तर्राष्ट्रिय नेपाली विद्यार्थी युनियनका पाँच विद्यार्थी नेताहरुले सगरमाथा आरोहण गर्ने भएका छन् । युनियनको सचिवालय कार्यालयमा भएको छलफलमा युनियनका अध्यक्ष पदमबहादुर केसीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतलाई ध्यानाकर्षण गराउन पाँच विद्यार्थी नेताहरु पाँच एजेण्डा सहित सगरमाथा आरोहण गर्न लागेको जानकारी दिए ।
उनका अनुसार युनियनका अध्यक्ष पदमबहादुर केसी र महासचिव सरोज सापकोटाको नेतृत्वमा ५ सदस्यीय विद्यार्थी टोलीले २५ वैशाखमा सगरमाथा आरोहण गर्नेछ । पाँच सदस्यीय टोलीमा अध्यक्ष केसी., महासचिव सापकोटा लगायत उपाध्यक्ष लालबहादुर जि.सी., सदस्यहरु जगन्नाथ चापागाई र गाविन्दप्रसाद देवकोटा रहेका छन् । राष्ट्र निर्माणका लागि सहिद बन्न पनि तयार हुने तर सगरमाथा आरोहण नगरी नछाड्ने अध्यक्ष केसीले बताए ।
No comments:
Post a Comment