Friday, December 27, 2013

थप विद्युत क्षमता माघको अन्तिममा

सोलुखुम्बु, पौष १२ - सल्लेरी च्याल्सा बिद्युत कम्पनीले थप गर्ने भनेको २५० किलोवटाको बिद्युत क्षमता आगामी माघको अन्तीम सम्ममा थप गरिसक्ने भएको छ । आगामी १७ गतेबाट शुनकोसी नदीमा बेलीब्रिज बन्ने भए पछि बिद्युत क्षमता जडानका लागी आबश्यक मेसिन सल्लेरी आईपुग्ने र जडान कार्य माघको करिब दास्रो हप्ताबाट सुरु हुने भएको सल्लेरी च्याल्सा बिद्युत कम्पनीले जानकारी दिएको छ । आगामी १९ गतेकम्पनिको बार्षिक साधरण सभा सकिने र जडानका लागी आफुहरु आन्तरिक तयारीमा लाग्ने कम्पनीको भनाई छ ।
जडानका लागी करिब २ हप्ता लाग्ने हुदा माघको अन्तीम हप्ताबाट मात्रै बिद्युत सेवा प्रबाह हुने छ । त्यस पछि हाल ५ घण्टा भन्दा बढी लोड सेडिङ भोगीरहेका सल्लेरी तथा गार्मा बासीहरुले बढीमा १ घण्टा मात्रै लोडसेडिङ बेहोर्नु पर्ने सल्लेरी च्याल्सा बिद्युत कम्पनीका प्राबिधिक महाशाखा प्रमुख रामेश्वर मास्केले जानकारी दिनुभयो ।
२५० किmलोवाट क्षमता थपका लागी आबश्यक पर्ने मेसिनहरु हल धनुषाको ढल्केबर स्थीत बिद्युत पधिकरणको प्राङगणमा थन्कीरहेको छ । टरबाईन,गेयरबक्स, गबर्नर, फ्लाई ह्वील, जेनेरेटर,ट्रान्सफर्मर, प्यानल बोर्ड लगायतका करिब १५ टन सामान हाल सम्म बेलीब्रिज नबन्दा ढल्केबरमै राखिएको हो ।
विक्रम श्रेष्ठ, हिमाल एफ एम

No comments: