Monday, October 28, 2013

सोलु काँग्रेस सहसचिब कुलुङ सहित दर्जनौं कार्यकर्ता एमाओवादी प्रवेश

सोलुखुम्बु मङ्सिर ११ । नेपाली काँग्रेस जिल्ला समिति सोलुखुम्बुका सह–सचिब कुमार कुलुङ सहित काँग्रेसका दर्जनौं कार्यकर्ता एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । काँग्रेस छाडेर माओवादी प्रवेश गर्नेमा नेपाल महिला संघका पुर्व जिल्ला अध्यक्ष आङ काण्डु शेर्पा तथा याङडी शेर्पा लगायतका छन् ।


उनीहरुले आज एकीकृत नेकपा माओवादीले सदरमुकाम सल्लेरीमा आयोजना गरेको चुनावी सभामा पार्टी प्रवेश गरेका हुन् । पार्टीमा प्रवेश गरेकाहरुलाई माओवादी अध्यक्ष प्रचण्डले फूल तथा अवीर लगाएर पार्टीमा स्वागत गरेका थिए ।काँग्रेस त्यागेर माओवादीमा प्रवेश गर्ने अधिकांश कार्यकर्ता जिल्ला सभापति आङ गेलू शेर्पा पक्षधर मानिन्छन् । 

प्रत्यक्ष तर्फको उम्मेदवारमा दाबी गर्दै आएका शेर्पाले पार्टीको तर्फबाट टिकट नपाएपछि कार्यकर्तामा असन्तुष्टि जागेपछि पार्टी त्यागेको बताईन्छ ।  एकीकृत नेकपा माओवादी जिल्ला संगठन समितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड फिस टेल एयरलको हेलिकप्टरबाट ओखलढुंगा हुदै सोलुखुम्बु आएका थिए ।


दुई तिहाई ल्याएरै चाडने प्रचण्डको दाबी  
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आगामी मंसीर ४ गते हुने संविधान सभाको निर्वाचनबाट आफ्नो पार्टीले प्रष्ट बहुमत ल्याउने दोहोरयाएका छन् । सोलुखुम्बुको सल्लेरीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले २०६४ सालको संविधान सभाको निर्वाचनमा मधेसबाट अपेक्षित सिट जित्न नसक्दा बहुमत आउन नसकेको बताए । 

संघीयता सम्बन्धी एमाओवादीको धारणा प्रति मधेसी समुदाय अष्पस्ट रहेका कारण अघिल्लो संविधान सभाको चुनावमा मधेसबाट बहुमत नआएको उल्लेख गर्दै उनले यसपटक आफ्नो दलको एजेण्डाबारे मधेसी समुदायलाई प्रष्ट पारिसकेकोले मधेसबाट पनि बहुमत आउने दाबी गरे ।  उनले आफुले २ सय ४० निर्वाचन क्षेत्र मध्ये जुनसुकै क्षेत्रबाट चुनाव लडेपनि जित्ने दाबी गर्दै मधेसी समुदायको हक अधिकारको लागि मधेसबाट उम्मेदवारी दिएको बताए । 

अघिल्लो संविधान सभाको निर्वाचनमा हिमाली र पहाडी जिल्लाको साथ पाएर संविधान सभाको ठूलो दल बनेको एमाओवादी अबको निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त दल बन्ने प्रचण्डको उदघोष थियो । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा एकिकृत नेकपा(माओवादी) को चुनावी सभाको सम्बोधन गर्दै ।

पूर्वी पहाडी जिल्लाको चुनावी कार्यक्रमलाई सम्बोधन गरी हेलिकप्टर मार्फत सोलुखुम्बु आएका प्रचण्डले ४५ मिनेट मात्र चुनावी कार्यक्रममा भाग लिए । करीब ११ मिनेट जत्ति मात्र समय खर्च गरेका उनले पार्टीले चुनावमा बहुमत ल्याएरै छाड्ने दाबीमै विताए । 

अध्यक्ष प्रचण्डको कार्यक्रम विथोल्नका लागि माओवादी –पार्टीले जिल्ला बन्दको घोषणा गरेपनि यसको असर खासै परेन । हेलिकप्टरबाटै आएका प्रचण्ड हेलिकप्टरमै राजधानी फर्केपछि उनको कार्यक्रमलाई लक्षित गरी गरिएको जिल्ला बन्दको घोषणाले कुनै असर परेन । 
एकीकृत नेकपा माओवादीको चुनावी कार्यक्रममा भाग लिनका लागि गाउँ गाउँका कार्यकर्ता जिल्ला सदरमुकाम भेला भएका थिए । प्रचण्ड यस अघि शेर्पा स्वयत्त गणराज्य घोषणा गर्ने क्रममा सोलुखुम्बु आएका थिए । 
nepalnews.com

No comments: