काठमाडौं, असोज ८ । सगरमाथा अनलाईनका प्रधान सम्पादक तथा नेपाल टेलिभिजनका सोलुखुम्बु
संवाददाता बुद्धवीर बाहिङले हेम सुनिल जोखिमपूर्ण टेलिभिजन
पत्रकारिता प्रोत्साहन पुरस्कार २०६९ प्राप्त गर्नुभएको छ । २०६९ सालको भदौ १ देखि २०७०
साउन मसान्तसम्म टेलिभिजनमा प्रसारित समाचार वा समाचारमूलक सामग्रीहरुबाट
छानिएका उत्कृष्ठ रिर्पोटमध्ये जोखिम बन्दै छ चोलापास भन्ने शीर्षकको
रिर्पोटबाट सम्पादक बाहिङले प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको हो ।
बाहिङले २०६६ सालदेखि नेपाल टेलिभिजनमा सोलुखुम्बु जिल्लाबाट रिर्पोटिङ गरिरहनुभएको छ । ताप्लेजुङको घुन्सामा २०६३ साल असोज ७ गते हेलिकोप्टर दुर्घटनामा परि मृत्यू भएका नेपाल टेलिभिजनका पत्रकारद्धय हेमराज भण्डारी र सुनीलकुमार सिंहको सम्झनामा सो पुरस्कार प्रदान गरिदै आएको छ ।

No comments:
Post a Comment