Wednesday, July 24, 2013

नयाँ रणनीति बनाउनका लागि पर्यटन बोर्डद्धारा छलफल कार्यक्रम

नयाँ गन्तव्यको प्रचारमुलक कार्यक्रमलाई जोड   दिन   व्यवसायीहरुको सुझाव      

खालिङ डेक्स

                 काठमाडौं, १० साउन । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धनलाई थप मजबुद पार्ने अभियानअन्तर्गत पर्यटन सम्बद्ध व्यवसायीक निकायहरुसँग छलफल सुरु गरेको छ ।                                           
                  विश्वब्यापिकरणको युगमा पर्यटन प्रबद्र्धन र बजारीकरणको छुट्टै रणनीति अपनाउनु पर्ने कुरालाई ध्यानमा राखेर नयाँ रणनीतिको छलफल अघि बढाइएको बोर्डका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुभाष निरौलाले बताउनुभयो । हतारमा कार्यक्रम ल्याउन भन्दा विचार विमर्श गरेर अन्तराष्ट्रिय जगतमा प्रर्वद्धनको कार्यक्रमहरु ल्याउदा बढी प्रभावकारी हुने उहाँको तर्क रहेको छ । चार चरणसम्म निरन्तरता दिइने भनिएको छलफलको पहिलो र दोस्रो चरणको छलफल गत साउन ८ मा सकिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
                         पहिलो र दोस्रो चरणको छलफलको क्रममा नेपालको पर्यटन प्रवद्र्धनका लागि बोर्डले नयाँ रणनीति तय गरेर सशक्त रुपमा अघि बढ्न पर्यटन व्यवसायीहरुले सुझाएका छन् । नयाँ नयाँ गन्तव्यहरुको पहिचान गरि प्रचारमुलक कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने व्यवसायीहरुको जोड रहेको छ ।  यसैबीच नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो)का अध्यक्ष अशोक पोखरेलले अहिलेको अवस्थामा गुणात्मक पर्यटनमा जोड दिनुपर्ने बताउनुभयो । टानका अध्यक्ष महेन्द्रसिंह थापाले टानले विकास गरेको नयाँ पदयात्रा मार्गलाई सबै मिलेर प्रबद्र्धन गर्नुपर्ने बताउनुभयो ।
                  नाट्टाका अध्यक्ष पवित्रकुमार कार्कीले चीनमा प्रबद्र्धनमा तिब्रता दिनुपर्ने बताउनुभयो । हानका महासचिव अमर शाक्यले भारतीय पर्यटकहरुले धेरै खर्च गर्नेहुँदा भारतमा पनि पर्यटन प्रबद्र्धनमा सहकार्य गर्नुपर्ने बताउनुभयो । नेपाल पर्वतारोहण संघले ८ हजार मिटर भन्दा उच्च हिमालहरु प्रचार गर्न महोत्सव मनाउनु पर्ने भन्दै यसको लागि सहयोग गर्न आग्रह गरेको छ । साहसिह खेल पर्यटन समाजले विभिन्न साहसिक खेलहरु जस्तै उच्च हिमाली दौड, प्याराग्लाइडिङ्ग, हात्ती पोलो र रेसहरुको विशेष प्रचार सामग्री बनाइ अन्तराष्ट्रिय प्रबद्र्धनमा जानुपर्ने सुझाव दिएको छ ।



No comments: