प्रकाश खालिङ
सामाजिक
सञ्जाल फेसबुकलाई नबुझ्ने अहिले सायदै होलान् । त्यसो त यसको उपयोग गर्ने
शैली भने व्यक्तिपिच्छे फरक हुनसक्छ । विशेषत सुचना आदनप्रदान गर्ने
प्रभावकारी माध्यमको रुपमा विकसित भइरहेको फेसबुक पछिल्लो समय आपराधिक
गिरोहको सञ्जालको रुपमा विकास भइरहेको छ । त्यो तलको तथ्यबाट पुष्टि गर्न
सकिन्छ ।
एक दिनको कुरा हो । मैले फेसबुक साइन इन गर्दानगर्दै मेरो
फेसबुकको म्यासेज बक्समा केहि म्यासेज आएको देखें । धेरैमध्ये एउटा म्यासेज
विल्कुलै नयाँ थियो, जुन मेरो फेसबुकको फ्रेण्ड लिष्टमा नभएको व्यक्तिबाट
आएको थियो । म्यासेज खोलेर हेर्ने क्रम सुरु भयो । अधिकांश म्यासेज सधै झै
साथिहरुले विभिन्न सन्देश पठाउने, जिस्काउने म्यासेज पठाएको पाए । म्यासेज
हेर्दै जादा त्यो नयाँ म्यासेजमा नजर पर्नु स्वाभाविक थियो । अंगे्रजी
भाषामा लेखिएको उक्त म्यासेज गहिरिएर पढ्दै जादा स्वतस्फुर्त रुपमा
उत्साहित बनाउथ्यो मलाई । उक्त म्यासेजबाट स्पष्ट हुन्थ्यो, ‘मानौ उ र
हामीबीचको सम्बन्ध निकै विगत लामो समयदेखि भइरहेको होस् ।’ उ भन्ने शब्द
यहाँ रहस्यमय बनेर उभिएको छ । जसलाई मैल यहाँ उ भनिरहेको छु उसको नाम
जेसिका सन्घोर (फेसबुक म्यासेजमा लेखिएको) हो । जेसिका भन्ने मान्छेसँग यो
जिन्दगीमा संगत गरेको विगतलाई सम्झिन थाले । अनेक सम्झिए तर मेरा कुनैपनि
मेमोरीमा त्यो जेसिकासँगको चिनापर्ची र बोलचाल भएको तिथिमिति शर्च गर्न
सकेन । सम्झिन सकुँ पनि कसरी । न उससँग कुनै बेला भेट भएको थियो नत परिचय
नै । मेरो तारिफ गर्दै उसले इमेल एडे«स र फोटो पठाउन अनुरोध गरिन् । त्यत्तिमात्रै नभएर उसको म्यासेजमा धेरै कुराको वयान थियो । उसको म्यासेज पढेपछि ममा एउटा स्वभाविक कौतुहलता छायो । मैले मेरो इमेल एडे«ससहित केहि कुरा लेखिपठाए ।
भोलीपल्ट अफिस पुग्दा मेरो इमेलमा अर्को म्यासेज आएको रहेछ । त्यहि मान्छेको अर्को इमेल आएको देखेर हतारहतार इन बक्स खोले । त्यो इमेलमा अझ हिजोको अपुरो कुराहरुलाई पूरा गर्ने शब्दहरु लेखिएका थिए । भलै, त्यो लामो पनि । त्यहाँ लेखिएको थियो, पहिला मेरो हालखबरको प्रश्न अनि क्रमश उसको डिटेल परिचय । लेखिएको थियो ‘हलो ! अहिले के गर्दै छौं ? आशा छ तिमी सन्चै होला । बास्तावमै म तिमीसँग एकदम राम्रो सम्बन्ध राख्न चहान्छु । आज म तिमीसँग मेरो वास्ताविक परिचय खुलाउदै छु । मेरो नाम जेसिका संघोर हो । म वेस्ट अफ्रिकाको लिवेरियामा छु । म २४ वर्षको भए । म मेडिकलको विद्यार्थी हु । तर सन् २००९ बाट मैले पढाई छोडेको छु । यहाँ मैले तिमीलाई मेरो परिचय मात्रै दिइरहेको छुइन । मैले तिमीलाई इमेलमार्फत एउटा सप्र्राइज पठाउदै छु ।’
अझ घोत्लिएर पढ्दै गए साच्चिकै त्यहाँ अदृश्य ठूलो सप्र्राज पठाइएको थियो ‘म तिम्रो देशमा लगानी गर्न चाहान्छु ।’ त्यहि प्रसंगमा उसले खुलेर लेखेकी थिइ ‘मेरो बुवा डा. रिचार्ड सेनघोर । उहाँ एक जना सफल विजनेश म्यान हुनुहुन्थ्यो । उहाँ पश्चिम वेस्ट अफ्रिकाको चर्चित कम्पनी रिचार्ड इन्डस्ट्रि कम्पनी लिमिटेडको डाइरेक्टर हुनुहन्थ्यो । चार वर्षअघि मेरो बुवाको अप्रत्यासित हत्यो भयो । म १२ वर्षको हुदा खेरी नै मेरो आमाको मृत्यु भइसकेको हुनाले आमाको मायाको अनुभव पाउन सकिन तर बुवाले मलाई धेरै माया गर्नुहुन्थ्यो । मेरो बुवाको विजनेशको ३.७ मिलियन डलर बैंकमा छ । म मेरो बुवाको एक मात्र सन्तान भएको हुनाले मेरो बुवाको कम्पनीको सम्पूर्ण हिस्सा स्वत मेरो नाममा हुन्छ । यो पैसा तिम्रो देशमा लगानी गर्न चाहान्छु । म तिमीसँग विजनेश रिलेशनसिप राख्न चाहान्छु र तिम्रो देशमा लगानी गर्न चाहान्छु । म त्यो पैसा तिमीमार्फत तिम्रो देशमा लगानी गर्न चाहान्छु । त्यो सबै पैसा तिम्रो खातामा पठाउछु र त्यसैबाट मेरो ट्राभलिङ डकुमेन्ट र एयर टिकटको लागि आवश्यक रकम तिमीले मलाई पठाउनुपर्छ ।’
यो इमेल तिमीलाई मात्र मैले विश्वास गरेर यो पठाएको हुँ । मलाई
विश्वास छ तिमीले यो कुरालाई गोप्य रुपमा राख्छांै । यसबाट तिम्रो र मेरो
सम्बन्ध गाढा हुनुका साथै भविष्य बन्ने निश्चित छ । मलाई ००२२१–७७३८२९९१९
कन्ट्याक्ट गर्न सक्छौं । यदि मलाई फोन गर्छौ भने कृपया विहान ९ बजेदेखि गर
ल । जस्ता उसका शब्दहरुले मेरो मनमा रहेका अविचलित र अनुत्तरित
प्रश्नहरुमा विश्वस्त तुलाउने प्रयास गरिरह्यो । यी वाक्यहरुले मेरो मन
तरंगीत बनायो अर्थात भनौ एक खालको भुइचालो नै ल्याइदियो । अब त्यो पैसा
मेरो खातामा कसरी राख्ने ? खातामा राख्दा केहि समस्या आउने हुन् की ? अब
उसलाई नेपालसम्म ल्याउनको लागि के के प्रक्रिया पुरा गर्नुपर्ने सबै मैले
नै गर्नुपर्छ भनेर भनेकी छेलगायत सिमाभन्दा बढि सोच्न थालिसकेछु मैले । यो
अन्यौलताहरु छिचोल्ने क्रममा आफै झस्किए र मनका अन्तरंग कुराकानीहरुलाई
व्यवस्थापन गर्ने प्रयास गरे । मैले अनेकन बात गरे आफ्नै मनसँग । त्यसरी मनमा विभिन्न खाले कुराहरु खेलाउदा खेलाउदै निकै समय वितिसकेछ । स्पष्ट भन्दाखेरी त्यस दिन मेरो अफिसको अफ टाइम भएको भन्दा झण्डै २ घण्टा बढि समय वितिसकेको थियो । म घर आएपछि पनि त्यो म्यासेजमा लेखिएको विषयमा धेरै कल्पना गरे । यो कस्तो मान्छे होला ? उसले भनेको कुरा साच्चिकै सही हुन् ? फेसबुकको यत्रो मान्छेहरुको भीडमा उसले मलाई नै चाही किन छानिन् ? मेरो फेसबुक उसम्म कसरी पुग्योलगायतका तर्कनाहरुसँग म अफिस आउने क्रम जारी थियो । इमेलको प्रतिउत्तरमा मैले छोटो इमेल लेखेको थिए । ‘तिमी मलाई साच्चिकै भनिरहेका छौ भने म तिम्रो लागि सक्दो सहयोग गर्न तयार छु ।’ यसरी सुरु भएको इमेल म्यासेज आदन–प्रदानको चौथो पटकमा उ नेपाल आउने प्रक्रियाको बारेमा इमेल छलफल भयो । उसले फेरी इमेल गफ गरे ‘मेरो बुवाको खातामा रहेको ३.७ मिलियत डलर रकम तिम्रो खातामा पठाउनका लागि प्रक्रिया लामो हुने भो त्यसको लागि तिमीले मलाई अलिक सहयोग गर्नुपर्ने भो’ उनले भने । अनि मैले सोध के सहयोग ? उसको उत्तर थियो तिमीले मलाई १० लाख जति रकम अहिले पठाउनुप¥यो । त्यो पैसा तिम्रो खातामा आउने ३.७ मिलियिन डलरबाटै रिकभर गर्नु ।
तर मलाई त्यसको केहि दिनअघि नै यो फटाह हो भन्ने शंका लागिसकेको थियो । उसको कुरा त्यहाँबाट मैले प्रष्ट बुझे । उसलाई इमेल नगरेपनि मैले यसबारे भित्रभित्र बुझ्ने प्रयास गरिरहेकै थिए । उसँग इमेल सम्बन्ध विगारेर होइन सुधारेरै त्यो कुरा पत्ता लगाउछु भन्ने मेरो सोच थियो । उसले भने निरन्तर त्यो १० लाख पठाउने कुरा के भइराछ, छिटो गर्नुप¥यो भन्ने बार्गेनिङरुपी इमेल पठाइरहे । अर्को दिन इमेलमा पठाएँ ‘म पत्रकार भएको हुनाले अरुभन्दा धेरै व्यस्त हुन्छु ।’ तर त्यसदिनदेखि मेरो इमेलमा घरीघरी झुल्किने जेसिका एकाएक गायव भइन् । म पत्रकार भनेकै दिनदेखि उ गायव भएपछि त्यसबाट अर्को तथ्य खुल्यो ‘यो अपराधीहरुको गिरोहबाटै भइरहेको छ ।’
त्यसको केहि दिनपछि म मेरो साथी अवि थलुङको कोठा गएको थिए । हामी एकदम मिल्ने साथी भएको हुनाले हरेक खालका कुराहरु हुन्थ्यो । त्यो दिन पनि खुब गफियो । गफैगफमा ममाथी घटेको प्रसंग निस्कियो । संयोग भनौ साथी अविलाई पनि ठयाक्कै मेरोजस्तै घटनाले पोलिरहेको रहेछ । हामीले आ–आफ्नो घटनाको बेलिविस्तार ओकल्दै गयौ । फेसबुकमा नाम मात्रै अर्को सबै घटनक्रमहरु एक । म्यासेज उस्तै । हामीबीच भएको गफमा एउटाले आफ्नो घटना सुनाउने अर्कोले मलाई पनि त्यस्तै भयो भन्नेबाहेक हामीबीच अरु बोल्ने कुरै थिएन । यसपछि त झन स्पष्टै यो अपराधीहरुको सञ्चालबाट भएको हो भन्ने प्रष्ट भयौ दुबैजना । त्यहि दिन हामीले दुई पक्षीय सहमति गर्दै यसको खोजीनिति गरेर सत्यतथ्य सार्वजनिक गर्ने मिसन तयार पा¥यौ । यो घटना भएको करिब एक महिना जति भएको छ । अझै पनि घटनाको वास्ताविकता भने पत्ता लगाउन सकेका छैनौं । यो घटनाबाट थुप्रै अनुमान लगाउन सकिन्छ । मेरो निष्कर्ष के हो भने आपराधिक गिरोहले फेसबुक सञ्जालबाट पैसा कमाउने धन्दाको विगविगी बढिरहेको छ । त्यसैको उपज हो म र मेरो साथी अवी माथि घटेको घटना । यो सम्बन्धित निकाय र राज्य पक्षले गम्भिरतापूर्वक लिन नसके यसको परिणाम भयानक हुने निश्चित प्राय छ ।
http://www.sagarmathaonline.com/index.php?action=news&id=1822
khalingnews.blogspot.com/
No comments:
Post a Comment