मुस्ताङ, १७ साउन । मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य हिमाली जिल्ला मुस्ताङमा पर्यटक प्रहरी परिचालन गर्न थालिएको छ ।
पर्यटकहरु समस्यामा पर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक सन्देश नजाओस् भन्दै पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरीको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चुराबहादुर कार्कीले बताउनुभयो । पर्यटकको सुरक्षालाई दृष्टिगत गरी सरकारले मुस्ताङमा १० जना प्रहरीलाई पर्यटकीय गाउँमा खटाउने गरी पर्यटन प्रहरीको व्यवस्था गर्न लागेको हो । पर्यटक प्रहरी खटाइएपछि पर्यटकका समस्या प्रहरीहरुले सोझै बुझ्ने र त्यसबारे सहजीकरण गर्ने प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । केन्द्रीय प्रहरी कार्यालयबाटै १० जनाको दरबन्दी खटाइएको छ । यस क्षेत्रमा दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउने गर्छन् ।
पर्यटक प्रहरीको टोली नेता प्रहरीनायब निरीक्षक विजयराज खनालले भन्नुभयो-”हाल चारजना खटिइआएका छौँ, पर्यटकको तथ्याङ्क राख्ने, पर्यटकलाई परेका समस्याको समाधान गर्ने र पर्यटकलाई शान्तिसुरक्षाको अनुभूति दिलाउनु हाम्रो दायित्व हो ।” पर्यटन मन्त्रालयले पर्यटन प्रहरीलाई तालिमलगायत अन्य व्यवस्था गर्ने बताइएको छ । मुस्ताङमा पर्यटकको समास्या समाधान र सहजीकरण गर्न एसएलसी उत्तीर्ण प्रहरीहरुलाई मात्र खटइँदै आएको छ ।
मुस्ताङ आउने पर्यटक जोमसोम विमानस्थलको पुथाङ क्षेत्रमा अनिवार्य रुपमा आउने भएकाले हाल अन्नपूर्ण संरक्षण क्षेत्र इलाका संरक्षण कार्यालय जोमसोमको पुथाङ चेक पोस्टमा पर्यटक प्रहरी खटिएका छन् । थप दरबन्दी पूर्ति भएपछि अन्य क्षेत्रमा समेत पर्यटक प्रहरी परिचालन गरिनेछ । रासस
पर्यटकहरु समस्यामा पर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक सन्देश नजाओस् भन्दै पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरीको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चुराबहादुर कार्कीले बताउनुभयो । पर्यटकको सुरक्षालाई दृष्टिगत गरी सरकारले मुस्ताङमा १० जना प्रहरीलाई पर्यटकीय गाउँमा खटाउने गरी पर्यटन प्रहरीको व्यवस्था गर्न लागेको हो । पर्यटक प्रहरी खटाइएपछि पर्यटकका समस्या प्रहरीहरुले सोझै बुझ्ने र त्यसबारे सहजीकरण गर्ने प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । केन्द्रीय प्रहरी कार्यालयबाटै १० जनाको दरबन्दी खटाइएको छ । यस क्षेत्रमा दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउने गर्छन् ।पर्यटक प्रहरीको टोली नेता प्रहरीनायब निरीक्षक विजयराज खनालले भन्नुभयो-”हाल चारजना खटिइआएका छौँ, पर्यटकको तथ्याङ्क राख्ने, पर्यटकलाई परेका समस्याको समाधान गर्ने र पर्यटकलाई शान्तिसुरक्षाको अनुभूति दिलाउनु हाम्रो दायित्व हो ।” पर्यटन मन्त्रालयले पर्यटन प्रहरीलाई तालिमलगायत अन्य व्यवस्था गर्ने बताइएको छ । मुस्ताङमा पर्यटकको समास्या समाधान र सहजीकरण गर्न एसएलसी उत्तीर्ण प्रहरीहरुलाई मात्र खटइँदै आएको छ ।
मुस्ताङ आउने पर्यटक जोमसोम विमानस्थलको पुथाङ क्षेत्रमा अनिवार्य रुपमा आउने भएकाले हाल अन्नपूर्ण संरक्षण क्षेत्र इलाका संरक्षण कार्यालय जोमसोमको पुथाङ चेक पोस्टमा पर्यटक प्रहरी खटिएका छन् । थप दरबन्दी पूर्ति भएपछि अन्य क्षेत्रमा समेत पर्यटक प्रहरी परिचालन गरिनेछ । रासस
No comments:
Post a Comment