प्रकाश खालिङ - काठमाडौं, असार २६
एकदेखि पाँचौंस्तरसम्मका दर्जनभन्दा बढी होटेलहरुले मापदण्ड उल्लङ्घन गरेका छन् । जसमध्ये ३ वटा पाँचतारे होटेल परेका छन् । जम्मा दशवटा पाँचतारे होटेलहरुमध्ये काठमाडौंको लैनचौरमा अवस्थित होटेल मल्ल, नयाँ बानेश्वरको होटेल एभरेष्ट र पोखराको फूलबारी रिसोर्टले नवीकरण नगरेर मापदण्ड उल्लङ्घन गरेका छन् भने अन्य विभिन्नस्तरका आधादर्जनभन्दा बढी होटेलहरुले पनि नवीकरण नगरी व्यवसाय सञ्चालन गरिरहेको पाइएको छ ।
पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखाकाले दिएको
जानकारीअनुसार पाँचतारे होटेल मल्ल र फूलबारी रिसोर्टले अहिलेसम्म नवीकरण
गराउनका लागि निवेदनसमेत पेश गरेका छैनन् भने होटेल एभरेष्टले पर्यटन सेवा
शुल्कवापतको तिर्नुपर्ने रकम नतिरेर नवीकरण गर्न सकेको छैन । त्यस्तै, चार
तारा स्तरका १ वटा, तीन तारा स्तरका ३ वटा, दुई तारा स्तरका २ वटा र एक
तारा स्तरका २ वटा होटेलले पनि नवीकरण नगरी मापदण्ड मिचेका छन् ।
नवीकरण नगर्ने चारतारे होटेलमा लाजिम्पाटमा अवस्थित होटेल शंकर रहेको छ । दुईवटा चारतारे होटेलमध्ये शंकर होटेलले नवीकरण गरेको छैन । यद्यपि २०२२ असार २० गते चार ताराको रुपमा दर्ता भई २०२७ असार १९ गते नवीकरण गर्नुपर्नेमा हालसम्म पनि नवीकरण नगरेपछि अहिले तारा निर्धारणको विवादमा परेको छ । महाशाखाले गरेको होटेल शंकरको निरीक्षणको क्रममा चार तारेका होटेलमा हुनुपर्ने हेल्थ क्लब, ब्युटी शैलुन, सौनावाथलगायतका सुविधा नभएको पाइएको थियो । यस्ता सुविधा थपको बारेमा होटेलले बेवास्ता गरेको पनि निरीक्षण टोलीको निचोढ थियो ।
त्यसैगरी, नवीकरण नगर्ने तीनतारे होटेलहरुमा ठमेलको होटेल तायोमा,
लाजिम्पाटको होटेल एम्बेस्डर र कमलपोखरीको होटेल मार्कोपोलो रहेका छन् भने
दुईतारे होटेल सुरज (वीरगञ्ज) र होटेल फुजी (ठमेल) पनि नवीकरण नगर्ने
लिष्टमा रहेका छन् । चालू आर्थिक वर्ष अवधिमा दुई वटामात्रै दुईतारे
होटेलको नवीकरण भएको देखिन्छ । नवीकरण नगर्ने एकतारे होटेलमा जनकपुरको
वेल्कम होटेल र ठमेलको होटेल गणेश हिमाल रहेको छ ।
हरेक पाँच÷पाँच वर्ष होटेलको नवीकरण हुनुपर्ने प्रावधान छ । तारे तथा पर्यटक स्तरको होटेल, लज, रेष्टुरेन्ट तथा रिसोर्ट र बारले पर्यटन ऐन २०३५ अनुसार दर्ता वा नवीकरण नगराई विनाइजाजत सञ्चालन गरेको पाइएमा पहिलोपटक रु. १० हजार, दोस्रो पटक रु. ३० हजार रुपैयाँसम्म, तेस्रोपटकसम्म रु. ५० हजारसम्म जरिवाना हुने प्रावधान छ तर सरकारले त्यस्ता होटेलहरुलाई कारबाही गरेको पाइँदैन । कारबाही गर्नुको सट्टा बरु उल्टै प्रावधान स्पष्ट नभएको भन्दै सम्बन्धित निकाय पन्छिरहेको छ । त्यसो त होटेलहरुका लागि आधिकारिक निकायको रुपमा रहेको पर्यटन उद्योग महाशाखासँग होटेलसम्बन्धी वास्ताविक तथ्याङ्क छैन । हालसम्म पुरानो नियमअनुसार सञ्चालन भइरहेकाको हकमा राजपत्रमा प्रकाशित सूचनाले स्पष्ट पार्न नसकेका महाशाखाको दाबी छ । त्यसै कारणले धेरैजसो होटेलहरुको नवीकरणसम्बन्धी विभिन्न विवाद उत्पन्न भएको महाशाखाको भनाइ छ ।
महाशाखाका एक उच्च अधिकारीले होटेल नवीकरण र नवीकरणवापत तिर्नुपर्ने शुल्कबारे स्पष्ट व्यवस्था नभएकाले केही होटेलहरुले त्यसको फाइदा लिइरहेको दाबी गरे । होटेल नवीकरण गर्नका लागि तारा (स्टार) अनुसार एक तारेको एक हजार रुपैयाँ, दुई ताराको दुई हजार रुपैयाँ, तीन ताराको लागि तीन हजार रुपैयाँ, चार ताराको लागि चार हजार रुपैयाँ र पाँच ताराको लागि पाँच हजार रुपैयाँको आधारमा शुल्क लिने प्रावधान छ । उक्त शुल्क एकदमै न्यूनतम हो । ती अधिकारीका अनुसार उक्त शुल्क पनि तिर्नैपर्ने व्यवस्था स्पष्ट नभएकाले होटेलहरुको मनोमानी हाबी भएको छ । नेपालभर अहिले पाँचतारे होटेल १० वटा, चार तारे २ वटा, तीन तारे २५ वटा, २ तारे ४० वटा, र एक तारे ३० वटा छन् भने पर्यटक स्तरका होटेलहरुको संख्या ५ सय ५० पुगेको तथ्याङ्क छ ।
एकदेखि पाँचौंस्तरसम्मका दर्जनभन्दा बढी होटेलहरुले मापदण्ड उल्लङ्घन गरेका छन् । जसमध्ये ३ वटा पाँचतारे होटेल परेका छन् । जम्मा दशवटा पाँचतारे होटेलहरुमध्ये काठमाडौंको लैनचौरमा अवस्थित होटेल मल्ल, नयाँ बानेश्वरको होटेल एभरेष्ट र पोखराको फूलबारी रिसोर्टले नवीकरण नगरेर मापदण्ड उल्लङ्घन गरेका छन् भने अन्य विभिन्नस्तरका आधादर्जनभन्दा बढी होटेलहरुले पनि नवीकरण नगरी व्यवसाय सञ्चालन गरिरहेको पाइएको छ ।
पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखाकाले दिएको
जानकारीअनुसार पाँचतारे होटेल मल्ल र फूलबारी रिसोर्टले अहिलेसम्म नवीकरण
गराउनका लागि निवेदनसमेत पेश गरेका छैनन् भने होटेल एभरेष्टले पर्यटन सेवा
शुल्कवापतको तिर्नुपर्ने रकम नतिरेर नवीकरण गर्न सकेको छैन । त्यस्तै, चार
तारा स्तरका १ वटा, तीन तारा स्तरका ३ वटा, दुई तारा स्तरका २ वटा र एक
तारा स्तरका २ वटा होटेलले पनि नवीकरण नगरी मापदण्ड मिचेका छन् ।नवीकरण नगर्ने चारतारे होटेलमा लाजिम्पाटमा अवस्थित होटेल शंकर रहेको छ । दुईवटा चारतारे होटेलमध्ये शंकर होटेलले नवीकरण गरेको छैन । यद्यपि २०२२ असार २० गते चार ताराको रुपमा दर्ता भई २०२७ असार १९ गते नवीकरण गर्नुपर्नेमा हालसम्म पनि नवीकरण नगरेपछि अहिले तारा निर्धारणको विवादमा परेको छ । महाशाखाले गरेको होटेल शंकरको निरीक्षणको क्रममा चार तारेका होटेलमा हुनुपर्ने हेल्थ क्लब, ब्युटी शैलुन, सौनावाथलगायतका सुविधा नभएको पाइएको थियो । यस्ता सुविधा थपको बारेमा होटेलले बेवास्ता गरेको पनि निरीक्षण टोलीको निचोढ थियो ।
हरेक पाँच÷पाँच वर्ष होटेलको नवीकरण हुनुपर्ने प्रावधान छ । तारे तथा पर्यटक स्तरको होटेल, लज, रेष्टुरेन्ट तथा रिसोर्ट र बारले पर्यटन ऐन २०३५ अनुसार दर्ता वा नवीकरण नगराई विनाइजाजत सञ्चालन गरेको पाइएमा पहिलोपटक रु. १० हजार, दोस्रो पटक रु. ३० हजार रुपैयाँसम्म, तेस्रोपटकसम्म रु. ५० हजारसम्म जरिवाना हुने प्रावधान छ तर सरकारले त्यस्ता होटेलहरुलाई कारबाही गरेको पाइँदैन । कारबाही गर्नुको सट्टा बरु उल्टै प्रावधान स्पष्ट नभएको भन्दै सम्बन्धित निकाय पन्छिरहेको छ । त्यसो त होटेलहरुका लागि आधिकारिक निकायको रुपमा रहेको पर्यटन उद्योग महाशाखासँग होटेलसम्बन्धी वास्ताविक तथ्याङ्क छैन । हालसम्म पुरानो नियमअनुसार सञ्चालन भइरहेकाको हकमा राजपत्रमा प्रकाशित सूचनाले स्पष्ट पार्न नसकेका महाशाखाको दाबी छ । त्यसै कारणले धेरैजसो होटेलहरुको नवीकरणसम्बन्धी विभिन्न विवाद उत्पन्न भएको महाशाखाको भनाइ छ ।
महाशाखाका एक उच्च अधिकारीले होटेल नवीकरण र नवीकरणवापत तिर्नुपर्ने शुल्कबारे स्पष्ट व्यवस्था नभएकाले केही होटेलहरुले त्यसको फाइदा लिइरहेको दाबी गरे । होटेल नवीकरण गर्नका लागि तारा (स्टार) अनुसार एक तारेको एक हजार रुपैयाँ, दुई ताराको दुई हजार रुपैयाँ, तीन ताराको लागि तीन हजार रुपैयाँ, चार ताराको लागि चार हजार रुपैयाँ र पाँच ताराको लागि पाँच हजार रुपैयाँको आधारमा शुल्क लिने प्रावधान छ । उक्त शुल्क एकदमै न्यूनतम हो । ती अधिकारीका अनुसार उक्त शुल्क पनि तिर्नैपर्ने व्यवस्था स्पष्ट नभएकाले होटेलहरुको मनोमानी हाबी भएको छ । नेपालभर अहिले पाँचतारे होटेल १० वटा, चार तारे २ वटा, तीन तारे २५ वटा, २ तारे ४० वटा, र एक तारे ३० वटा छन् भने पर्यटक स्तरका होटेलहरुको संख्या ५ सय ५० पुगेको तथ्याङ्क छ ।

No comments:
Post a Comment