Tuesday, September 6, 2011

टानमा महेन्द्रसिंहको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडौं, भदौ २० । टे«किङ कम्पनीहरुको छाता संगठन टे«किङ एजेन्सिज एसोशिएसन अफ नेपाल (टान)को ३२ औं साधारणसभाले महेन्द्रसिंह थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सोमबार राजधानीमा सम्पन्न साधारणसभाद्धारा सहमतिको आधारमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा रणबहादुर खड्का र जंगबहादुर शेर्पा, द्धितिय उपाध्यक्षमा अमर तामाङ, महासचिवमा मोहन लम्साल, सचिवमा दिलबहादुर गुरुङ र कोषाध्यक्षमा अन्जनकुमार थापा चयन भएके छ । त्यस्तै सदस्यहरुमा आङक्षेतार शेर्पा, जनक प्रसाद पाण्डे, रामबहादुर नेपाल क्षेत्री, कर्मा शेर्पा, राजेन्द्र प्रसाद सुवेदी, ङिमा लामा र कृष्ण राज भट्टराई रहनुभएको छ ।
विगत लामोसमयदेखि विवादमा फसेको टानमा चुनाव हुने भनिएपनि अन्तिम चरणमा आएर सहमतिको आधारमै नयाँ कार्यसमितिको चयन भएको छ । यसअघि एक जनामात्र प्रथम उपाध्यक्षमा भएपनि सहमतिको लागि दुई प्रथम उपाध्यक्ष राख्ने निर्णय गरिएको स्रोतले जनायो । यसअघि माओवादी, कांग्रेस र एमालेसमर्थित टे«ेकिङ व्यवसायीहरुले फरकफरक प्यानलबाट चुनावी मैदानमा उत्रने घोषणा गरेका थिए । अध्यक्षको उमेद्धार माओवादीसमर्थित हरि धरेलले सहमतिको लागि भनेर थापालाई समर्थन जनाएपछि सबै कार्यसमिति सर्वसम्मतले चयन गर्ने वातावरण बनेको हो ।

No comments: