काठमाडौं । नेपाल वायुसेवा निगमले झन्डै आधा दर्जन मुलुकको अन्तर्राष्ट्रिय भाडादर घटाएको छ । निगमले धेरै नेपाली कामदार रोजगारमा जाने मुलुकहरु दुवई, दोहा र क्वालालम्पुरका साथै बैंककको भाडादर घटाएको हो । जसअनुसार दुवई, दोहा र क्वालालाम्पुरको भाडादर १४ हजार चार सय ४५ रुपैयाँ कायम गरिएको छ । यसअघि उल्लेखित गन्तव्यको भाडादर १६ हजार ५० रुपैयाँ थियो । यसअघि दुईतर्फी भाडादर २९ हजार नौ सय ६० रुपैयाँ कायम गरिएकोमा २७ हजार आठ सय २० रुपैयाँमा झरिएको छ ।
त्यसैगरी, काठमाडौं–बैंकक–काठमाडौंको दुईतर्फी भाडादरमा पनि निगमले व्यापक कटौती गरेको छ । यसअघि उल्लेखित स्थानको दुईतर्फी भाडादर २६ हजार सात सय ५० रुपैयाँ रहेकोमा १८ हजार नौ सय २० रुपैयाँ निर्धारण गरिएको छ भने काठमाडौं आई पुनः बैंकक उडान गर्ने यात्रुहरुका लागि यसअघि दुईतर्फी भाडादर १३ हजार तीन सय रहेकोमा आठ हजार कायम गरिएको छ । त्यस्तै, काठमाडौं– दिल्ली काठमाडौंको दुईतर्फी भाडादर पनि चार हजार नौ सय ६० रुपैयाँ कायम गरिएको छ ।
No comments:
Post a Comment