Monday, March 21, 2011

ठमेलमा टीटीडीसी वाईफाई जडान


काठमाडौं । 
प्रमुख पर्यटकीय केन्द्र ठमेलमा वाईफाई नेटवर्कको जडान गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद (टीटीडीसी)ले मर्कन्टाइल कम्युनिकेशन प्रा.ली.को सहकार्यमा उक्त नेटवर्क जडान गर्न लागेको हो । जसको नाम ‘टीटीडीसी वाइफाई’ राखिएको छ ।
ठमेल क्षेत्रमा रहेका सबै होटल तथा रेष्टुरेन्टहरुमा वाइफाई जडान गरेपछि अहिलेको नेटवर्क ढिलाईका साथै अन्य समस्याको समाधान हुने परिषद्ले जनाएको छ । टीटीडीसी वाईफाई जडानको लागि परिषदले विहिबार ठमेलमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा सबै होटल तथा रेष्टुरेन्टहरुमा वाइफाई राखिएको खण्डमा नेटवर्कमा देखिएको अहिलको समस्या समाधान हुन निश्कर्ष निकाल्दै जडान कार्यलाई अघि बढाउने निश्कर्ष निकालिएको छ । 
परिषदका अध्यक्ष तेजेन्द्र नाथ श्रेष्ठले वाइफाई जडान गरेपछि व्यवसायीहरुबीचमा भइरहेका अस्वस्थ्य व्यापारिक प्रतिस्पर्धाको अन्त्य भई समानजस्यता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।  

No comments: