काठमाडौं, १३ कात्तिक । पर्यटन बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत सुभाष निरौलालाई अन्तत निलम्वन गरिएको छ । बिहिवार बसेको पर्यटन बोर्डको सञ्चालक समितिले निरौलालाई निलम्वन गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले पर्यटन बोर्डमा नन्दिनी लाहे थापालाई निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । सञ्चालक समितिको बैठकले अध्यागमन विभागका महानिर्देशकलाई सञ्चालक समितिको सदस्य सचिव तोकेको छ ।
संसदको सार्वजनिक लेखा समितिले भ्रष्ट्राचार आरोपमा निलम्वन गर्न निर्देशन दिएको थियो । निरौलालाई निलम्वन गर्न पर्यटन बोर्ड सञ्चालक समितिको बैठक बिहिवार बिहान पर्यटन मन्त्रालयमा बसेको थियो ।

No comments:
Post a Comment