काठमाडौं । १३ वर्षदेखी निर्माणाधिन उदयपुर र ओखलढुंगा जोड्ने सुनकोशी नदीको पक्की पुलको ट्रस उठाइएको छ । पुलको ट्रस उठाइएपछी अब निर्माणको काम चाडै सम्पन्न हुने अपेक्ष गरिएको छ । पुलको काम सम्पन्न हुने बेला गएको चैत्र २४ गते हावाहुरीले ढालेपछी डक विभागले बैषाख महिना भित्र सम्पन्न गर्नेगरी सार्वजनिक गरेको लक्ष्य अन्योलमा परेको थियो ।
मुलुककै सबै भन्दा बढि फलाम प्रयोग भएको पुल ढलेपछि भौतिक योजना निर्माण मन्त्री विमलेन्द्र निधि तथा सभासदले अनुगमन गरेका थिए । हावाको बेग र प्राविधिक कमजोरीका कारण पुल लडेको निष्कर्ष निकालेको थियो । अनुगमनपछी उक्त टोलिले असार भित्र काम सम्पन्न गर्न निर्देशन दिएका थिए ।
उक्त पुल निर्माण कार्यका लागि सडक विभागले १४ करोड ६५ लाखको लागतमा वाइवा कन्सट्रसनलाई २ बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि ठेक्का प्रदान २०५९ सालमा गरिएको थियो । ५ मिटर चौडाई र १ सय ७० मिटर लम्बाई हुने पुलमा ४ सय ४० टन स्टील प्रयोग गरिने सडक विभागले जनाएको छ । ६५ टन क्षमता अनुमान गरिएको पुलको आयु १ सय वर्ष हुनेछ ।

No comments:
Post a Comment