काठमाडौं / फागुन २० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
भीमप्रसाद आचार्यले पर्यटन क्षेत्रको विकासमा पुरानो ऐन नै मुख्य बाधक
रहेको बताएका छन् । २०३५ सालको पुरानो ऐनमा मन्त्रालय र मातहतका निकायहरु
चलिरहेको स्पष्ट पार्दै मन्त्री आचार्यले उक्त ऐन संशोधन नभई पर्यटन
क्षेत्रको विकास सम्भव नभएको बताए ।
‘एक साता लामो छलफलमा हवाइ क्षेत्रको
विकास हुन नसक्नुका कारणहरु पत्ता लगाइसकेको छु’ आचार्यले भने( ‘लाउडा
काण्डदेखिको जालो तोड्नुपर्ने रहेछ, त्यो जालो तोड्न म लागिसकेको छु ।’
पर्यटन क्षेत्रमा धेरै सम्भावना रहे पनि केही काम हुन नसकेको देखेर यस
मन्त्रालयमा आएको उनको भनाइ छ । ‘पर्यटन क्षेत्रमा गर्नुपर्ने काम र
समस्याहरु बुझ्दै जाँदा पुरानो ऐन नै सबैभन्दा ठूलो बाधक रहेको पाएँ’
सोमबार पर्यटन पत्रकारहरुसँग कुरा गर्दै मन्त्री अचार्यले भने( ‘समयानुकुल
ऐन परिवर्तन गर्न सुझाव सहितको प्रतिकृयाका लागी सम्बन्धीत निकायहरुलाई १५
दिनको म्याद दिएको छु ।’
सम्बन्धी निकायहरुबाट आएको सुझाबलाई मनन गर्दै
एक्सन ओरियन्टेड रुपमा काम गर्ने मन्त्री आचार्यले आश्वासन दिए । अहिले
नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरण
लगायतका निकायहरुसँग छलफल गर्ने काम जारी रहेको उनको भनाइ थियो । मन्त्री
आचार्यले एक साताभित्र सबैसँग कार्ययोजना समेत मगाएको जानकारी दिए । हवाई
क्षेत्रको विकासबीना पर्यटन क्षेत्रको विकास सम्भवन नरहेको बताउँदै उनले
हवाई क्षेत्रको विकासमा हवाई माफियाहरुले अवरोध गरिरहेको आरोप लगाए ।
www.facebook.com/l.php?u=http%3A%2F%2Fmerojilla.com%2Fnews%2F2014-03-04%252004%3A51%3A02%2F437386675697%23.UxUL-OOSwtQ&h=cAQEuFdjd
www.ekantipur.com/np/2070/11/19/full-story/385087.html
www.facebook.com/l.php?u=http%3A%2F%2Fmerojilla.com%2Fnews%2F2014-03-04%252004%3A51%3A02%2F437386675697%23.UxUL-OOSwtQ&h=cAQEuFdjd
www.ekantipur.com/np/2070/11/19/full-story/385087.html
No comments:
Post a Comment