Saturday, February 22, 2014

किरात खालिङ राई उत्थान संघमा नयाँ कार्यसमिति

विश्वभरका किरात खालिङ राईहरुको छाता संगठन किरात खालिङ राई उत्थान संघको पाँचौं राष्ट्रिय महाधिवेशनले धन खालिङ राईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । शनिबार राजधानीमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा पन्चे खालिङ राई, प्रथम उपाध्यक्षमा सन्तोष खालिङ राई, द्धितिय उपाध्यक्षमा सुर्य खालिङ राई, महासचिवमा प्रकाश खालिङ, सचिवमा रमेश राई, सहसचिवमा विर्जकुमार खालिङ राई, कोषाध्यक्षमा भुवनसिं खालिङ राई रहनुभएको छ । त्यस्तै सदस्यहरुमा अमृत खालिङ राई, योगराज खालिङ राई, सिर्जना खालिङ राई, श्रद्धा खालिङ राई, समिता खालिङ राई, मंसिमाया खालिङ राई, संकर खालिङ राई, संगीता खालिङ राई, चित्रबहादुर खालिङ राई, छिरिङडोमा खालिङ राई, महेश खालिङ राई, मनिता खालिङ राई रहनुभएको छ । यो कार्यसमितिको कार्यकाल दुईवर्ष रहनेछ ।

शिखर पोष्टका प्रधान सम्पादक महासचिवमा
शिखर पोष्ट राष्ट्रिय पाक्षिकका अध्यक्ष तथा प्रधान सम्पादक प्रकाश खालिङ किरात खालिङ राई उत्थान संघको महासचिवमा निर्वाचितन हुनुभएको छ । शनिबार राजधानीमा सम्पन्न भएको संघको पाँचौं राष्ट्रिय महाधिवेशनबाट उहाँ महासचिवमा निर्वाचित हुनुभएको हो ।
सोलुखुम्बु जिल्लाको बासा गाविस वडा ७ मा विस २०४७ साल भदौ १० गतेका दिन बुवा लाकबीर खालिङ राई र आमा जसीमाया खालिङ राईको कोखबाट जन्मनुभएका खालिङ आधादशक यता पत्रकारितामा क्रियाशिल हुनुहुन्छ । पर्यटन पत्रकारिताबाट पत्रकारितामा लाग्नुभएका उहाँले पछिल्लो समय शिखर पोष्ट पत्रिकामार्फत समाजमा घटेका हरेक घटना परिघटनालाई उजागर गर्ने काम गर्नुभएको छ । शिखर पोष्टको अलावा उहाँ विभिन्न संघसंस्थाहरुमा आवद्ध भई नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
उहाँले हाल किरात राई पत्रकार संघको केन्द्रीय सचिवालय सदस्य, पर्यटन पत्रकार संघको केन्द्रीय सचिव, सोलुखुम्बु काठमाडौं पत्रकार समाजको अध्यक्षको जिम्मेवारी सम्हालिरहनुभएको छ । उहाँ गन्तव्य नेपालको कार्यकारी सम्पादकसमेत हुनुहुन्छ । सधै अरुभन्दा फरक काम गर्न चाहने उहाँलाई उर्जाशिल युवाहरुको नेतृत्व गर्न सक्ने सम्भावना बोकेको व्यक्तित्वको रुपमा लिइएको छ ।



No comments: