Sunday, September 8, 2013

एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक

शिखर पोष्ट संवाददाता
काठमाडौं, २४ भदौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०६९ सालको प्रवेशिका अर्थात् एसएलसीको पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत साउन २० गतेदेखि २७ गतेसम्म भएको एसएलसी पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरिएको हो ।

पूरक परीक्षामा ६० प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । कुल १ लाख ११ हजार ७ सय २४ विद्यार्थी परीक्षामा सामेल भएकामा कुल ६७ हजार ५१ परीक्षार्थी उतीर्ण भएका परीक्षा नियन्त्रक खगराज बरालले जानकारी दिनुभयो ।


उत्तीर्ण हुनेमा ३२ हजार ९८ छात्र र ३४ हजार १४३ छात्रा छन् । गत चैत १ देखि ९ गतेसम्म भएको एसएलसी परीक्षामा बढीमा दुई विषयमा अनुतीर्ण हुने परीक्षार्थीहरु पूरक परीक्षामा सहभागी भएका थिए । नेपाल टेलिकमको आइभिआर पद्धतिको १६०० मा डायल गरी प्राप्त निर्देशनबमोजिम नतिजा सुन्न सकिने व्यवस्था गरिएको छ ।

No comments: