काठमाडौं,भाद्र १६ । मूलधारको संचारमाध्यममा समावेशिकरण नभएसम्म आदिवासी जनजातिका मुद्दाले पहिचान र स्थान नपाउने बताइएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) अन्तर्गत एशियामा आदिवासी आवाज परियोजनाले आयोजना गरेको कार्यक्रमका शाहअभागी आदिवासी तथा गैरआदिवासी पत्रकारहरुले यस्तो बताएका हुन । आदिवासी जनजातिको मुद्दामा आदिवासी जनजाति र गैर आदिवासीहरुकोवीचमा हुने गरेको गलत बुझाई र गहन अध्ययनको कमीले आदिवासीका समाचारहरुले स्थान पाउन नसकेको उनिहरुको भनाइ रहेको छ ।
महासंघका अध्यक्ष डण्ड गुरुङले नेपाली संचारमाध्यममा पत्रकारहरुको सहभागिता र पहुच नहुनु, गहिरो अध्ययनको कमी, क्षमताको अभाव र आदिवासी पत्रकारहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म संचार क्षेत्रको ब्यबसायिक विकास हुन नसक्ने बताउनुभयो । संचारमाध्यममा सबै जाति, धर्म र वर्गको समावेशीकरणका लागि मूलधारे संचारमाध्यममा कार्यरत सम्पूर्ण गैर आदिवासी पत्रकारहरुले अग्रणी भूमिका खेल्नुपर्नेमा उहाको जोड रहेको थियो । गोरखापत्र दैनिकका प्रधान सम्पादक पुष्कर माथेमाले भाषिक र जातिय दमनलाई स्वीकार गरेर आदिवासी जनजातिहरुले कमजोरी गरेको उल्लेख गर्दै गैर आदिवासीहरुले आदिवासी जनजातिका मुद्दालाई सहर्ष स्वीकार गर्न नसक्दा आदिवासी जनजातिको मुद्दाले पहिचान पाउन नसकेको जिकिर गर्नुभयो । मूलधारे संचारमाध्यमका पत्रकार र आदिवासी जनजाति पत्रकार तथा अधिकारकर्मीवीच भएको सामाजिक सम्बाद कार्यशालामा सहभागि पत्रकारहरुले आदिवासी जनजातिका मुद्दालाई सहि रुपमा बुझ्न, बुझाउन र स्पष्ट पार्न गोष्ठीले महत्वपूर्ण भूमिका खेलेको बताए ।
न्यूज २४ टेलिभिजनका समाचार प्रमुख चिरञ्जिवी देवकोटाले आदिवासी जनजाति पत्रकार, अधिकारकर्मी र संचारमाध्यमवीच सुमधुर सम्बन्ध हुन आबश्यक रहेको बताउनुभयो । कार्यशालामा वरिष्ट पत्रकार राजकुमार दिक्पालको कार्यपत्र प्रस्तुती तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य खिम घलेले सहजिकरण गर्नुभएको थियो । कार्यपत्रमा सहभागी पत्रकारहरुले टिप्पणी गरेका थिए ।




No comments:
Post a Comment