Thursday, August 29, 2013

आन्तरिक पर्यटन प्रवर्धनका लागि लिभ टुरिजम प्याकेज

शिखर पोष्ट संवादाता 
काठमाडौ, भदौ १४ । आन्तरिक पर्यटन प्रवर्धनका गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डकले टुर अपरेटर्सको सहकार्यमा लिभ टुरिजम (बिदा पर्यटन) प्याकेज निर्माण गर्ने तयारी गरेको छ । नेपाल सरकारले चालू आर्थिक वर्ष २०७०/७१ का लागि नाफामा रहेका सबै सरकारी संस्थान तथा वित्तीय संस्थाका कर्मचारीलाई दिएको बिदा पर्यटनको सुविधालाई प्याकेजका रूपमा प्रवर्धनका गर्न बोर्डले टुर अपरेटर्ससँग सहकार्य थालेको हो ।



चालू आर्थिक वर्षमा सरकारले नाफामा रहेका १५ ओटा सार्वजनिक, संस्थान ‘क’ तथा ‘ख’ वर्गका बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीलाई सरकारी सम्बन्धित कम्पनीकै खर्चमा बिदा पर्यटनको सुविधा दिएको छ । प्याकेज विक्री गरिरहेका टुर अपरेटर्ससँग यही भदौ मसान्तसम्म यस्तो प्याकेजको विवरण पेश गर्न आग्रह गरिएको बोर्ड्ले जनाएको छ । बोर्डले तयार पारेको सो प्याकेज बिदा पर्यटनमा जाने कर्मचारीले गन्तव्य छनोट गरेर इच्छाएको ठाउँमा जान सक्नेछन् । यस्तो बिदा पर्यटनको प्याकेज सरकारीबाहेक अन्य निजीक्षेत्रमा काम गर्ने कर्मचारीले पनि लिन सक्ने छ । बोर्डको उद्देश्य आन्तरिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन तथा पर्यटक बढाउने भएकाले घुम्न जान चाहने जोसुकैले पनि प्याकेज लिन सक्ने छन ।

पर्यटन मन्त्रालयका अनुसार चालू आवमा पर्यटन र अर्थ मन्त्रालयका कर्मचारीका निम्ति रू.१ करोड विनियोजन छ । बिदा पर्यटनमा जान मन्त्रालयले विभिन्न १८ वटा गन्तव्य छनोट गरेको छ । आर्थिक वर्ष २०६५/६६ देखि पर्यटन मन्त्रालयबाट शुरू भएको यस्तो बिदा पर्यटनले आन्तरिक पर्यकीय गन्तव्यको प्रवद्र्धन गर्नुका साथै पर्यटकीय गतिविधि बढाउने उल्लेख छ ।

No comments: