Friday, August 30, 2013

रामेछापका बसन्तले बनाए हेलिकोप्टर

भरतबन्धु थापा
काठमाडौं, १४ भदौ । रामेछापको मेगपा स्थायी घर भएका २७ वर्षीय बसन्त श्रेष्ठले हेलिकोप्टर बनाएका छन् । साढे २ मिटर लम्बाइको हेलिकप्टर शुक्रबार पू्जाअर्चना गरे इथाचामा परीक्षण गरिएको छ । हेलिकप्टरमा मोटरसाइकलमा प्रयोग हुने दुईवटा इन्जिन लगायतका सामान प्रयोग गरि बनाइएको हेलिकोप्टरको नाम एभरेष्ट कोप्टर बीएस १-९८ नं. दिइएको छ । जसमा २ जनासम्म बस्न मिल्छ ।
भक्तपुर ताथली ८ इथाचामा बस्दै आएका श्रेष्ठले बनाएको हेलिकोप्टर हेर्न स्थानीयको भिड लागेको थियो । परीक्षणका क्रममा हेलिकोप्टरको पखा केही समय घुम्ने अनि बन्द हुने भएको थियो । विसं २०६० सालको एसएलसी पास गरेपछि श्रेष्ठले गुरुकूल ओपन स्कुलबाट आइएस्सी सकाएपछि सिवानी एयरमा नाम निकाले ।

नाम त निक्लियो तर, आफूले पढ्न चाहेको पाइलट अध्ययनका लागि आर्थिक क्षमताले नभ्याउने भएपछि उनले स्वअध्ययन गर्न थाले । ‘मेरो उद्देश्य नै पाइलट बन्नुथियो तर, पैसा नहुँदा पढ्न नसकेपछि मैले पढ्ने काम छोडेर आफैं हेलिकोप्टर बनाउनतिर लाग्छु भनेर लागेको हुँ ।’ उनले भने । उनका अनुसार उनले बनाएको सो हेलिकोप्टर नेपालमा चलिरहेकाभन्दा निक्कै फरक छ ।

हेलिकोप्टर बनाउनका लागि करिब साढे पाँच लाख रकम खर्च भएको श्रेष्ठले बताए । उनले एक दिन हेलिकोप्टरमा उडाएर देखाउने बताए । एक सामान्य किसान परिवारमा जन्मेका श्रेष्ठको उक्त सफलताबाट उनका परिवार र आफन्त मात्र हैन इथाचाका स्थानीयहरु पनि दंग र खुसी छन् । सँधै केही न केही ल्याएर काम गरिरहन्थ्यो ।

No comments: