Monday, July 29, 2013

एड्भोकेसी भन्छः प्रहरीबाट थुनुवामध्ये जनजातिलाई बढी यातना

खालिङ डेक्स 

नेपाल प्रहरीले जातिगत आधारमा आदिवासी जनजातिलाई सबै भन्दा बढी यातना दिने गरेको एक अध्ययनले  देखाएको छ । मानवअधिकार क्षेत्रमा कार्यरत एड्भोकेसी फोरम नेपालको अध्ययनबाट यस्तो रहस्य खुलेको हो ।

अध्ययन प्रतिवेदन अनुसार प्रहरिले जनजाति बर्गकालाई बढी क्रुर र अमानवीय यातना दिने गरेको छ । एड्भोकेसी फोरमले हालै काठमाडौंमा सार्वजनिक गरेको ‘नेपाल यातना रोकथाम तथा अनुसन्धान गर्न सरोकार असक्षम वा अनिच्छुक ?’ शीर्षकको प्रतिवेदन अनुसार थुनुवा मध्ये ४५ प्रतिशत आदिवासी जनजातिमाथि अमानवीय यातना र क्रुर व्यवहार गर्ने गरिएको छ । त्यसमध्ये नेवार ३ प्रतिशत र तराई मधेशका आदिवासी जनजाति १६ प्रतिशत छन् । २० जिल्लाका ५७ हिरासतमा रहेका ३७७३ थुनुवामाथि गरिएको अध्ययनमा जनजातिहरू प्रति राज्य बढी आक्रमक देखिएको हो । इटहरी बसपार्क नजिकबाट नियन्त्रणमा लिएर प्रहरीले मरणासन्न हुने गरी कुटिएकी महिला । प्रतिवेदनमा भनिएको छ, “जातीय रुपमा पिछडिएकामाथि यातना तथा अमानवीय व्यवहार बढी हुने गरेको तथ्य एड्भोकेसी फोरमको एक दशकभन्दा लामो हिरासत अनुगमनको अनुभवले देखाउँछ ।”

प्रतिवेदन अनुसार हिरासतमा यातना पाउनेमा बाहुन ८ प्रतिशत छन् । यस्तै क्षेत्री २३ प्रतिशत, दलित १३ प्रतिशत र मुस्लिम ३ प्रतिशत छन् । यातना पाउने थुनुवा मध्ये ८ प्रतिशत बाँकी जातिका छन् । प्रहरी हिरासतमा रहेका मध्ये २२.३ प्रतिशतलाई यातना दिइएको फोरमकी अध्यक्ष मन्दिरा शर्मा बताउँछिन् । उमेर समूहको हिसाबमा बालबालिकाले सबैभन्दा बढी अर्थात ३४.७ प्रतिशतलाई यातना दिएको देखिन्छ । २० जिल्ला मध्ये कास्की र पोखरामा बढी यातना दिइएको छ ।

No comments: