खालिङ डेक्स
प्लस टुको परिक्षा उत्तरपुस्तिका परिक्षणमा चरम लापरबाही भएको पाइएको छ । राजधानीको छ स्थानमा अहिले उत्तरपुस्तिका परिक्षणको काम भईरहेको छ ।
प्लस टु समेत उतिर्ण नभएका ब्यक्तिले फर्जि रुपमा आफ्नो मान्छे भएको फाईदा उठाँउदै धमाधम उत्तरपुस्तिका परिक्षण गरिरहेको पाइएको छ । जसको बारेमा अरु परिक्षकहरुलाई थाहा भए पनि भनेजती उत्तरपुस्तिका परिक्षण गर्न नपाउने भयले सबै तै चुप मै चुपको स्थितिमा रहेका छन् । सरकारी कर्मचारीहरु सेतो सर्ट र निलो पाईन्टमा दिनभरी उत्तरपुस्तिका
परिक्षण गर्दै भेटिन्छन । उनीहरु १० बजे अफिसमा हाजिर गरेर टाप कसेर उत्तर
पुस्तिका परिक्षणमा भेटिन्छन । सरकारी विद्यालयका शिक्षकहरु पनि त्यसरी नै
ती स्थानहरुमा भेटिन्छन भने कतिपय श्रीमान शिक्षकले कपि ल्याएर श्रीमतीलाई
परिक्षण गर्न लगाएर दिनमा पाँच सयसम्म पनि उत्तरपुस्तिका परिक्षण गर्ने
गरेका छन् ।
उत्तरपुस्तिका परिक्षणमा यतिसम्म लापरवाही छ कि टिचिङ नेपालीको भनेर परिक्षण गर्न एक नेपाली शिक्षकले लगेको कपि लगभग परिक्षण गरिसकेपछि मात्रै टिचिङ म्याथ रहेछ भन्ने थाहाँ भएको छ । विद्यार्थीहरुको उच्चशिक्षाको मुख्य बाटोको रुपमा रहेको प्लस टुको उत्तरपुस्तिका परिक्षणमा देखिएको लापरवाही हटाउन तत्काल पहल नगर्ने हो भने नेपालको भविष्य यूवा पुस्ताको अवस्था कस्तो होला आफै अनुमान लगाउनुस ।

No comments:
Post a Comment