त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको नागरिक उड्डयन कार्यालयबाट हुने अधिकांश ठेक्का र खरिद प्रक्रियामा अख्तियारको हिस्सा छुट्टनिे गरेको थाहा भएको छ ।
स्रोतका अनुसार उक्त कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि छ्ट्याइने रकम आयोगमै कार्यरत राष्ट्रिय अनुसन्धान विभागका डिएसपी नरेशकुमार शाह मार्फत जाने गरेको छ ।
गोप्य रुपमा गरिने अनुसन्धानमा आयोगलाई सहयोग गर्ने खटिएका शाह उड्ययन कार्यालयमा मिलामतोबाट गरिने अनियमित कामको ढाक छोपगरी अनुचित फाइदा लिने अधिकृतका रुपमा मानिन्छन । उनी विगत चार वर्षदेखि आयोगबाट बिमानस्थलको अनियमितता हेर्नेकार्यमा परिचालित छन ।
'म आयोगबाट विमानस्थलमा हुने अनियमिता छानवीनका लागि अनुसन्धानमा खटिन्छु, डिएसपी शाह भन्छन- 'जहाँसम्म पैसाको लेनदेनको कुरा छ ती सबै मिथ्या हुन् ।'
लिखित उजुरी परेपछि एउटा दर र उजुरी नपदै मिलाउदा अर्को दरमा शाहले पैसा आयोगमा पुर्याउने गरेको दावी स्रोतको छ ।
त्यस अतिरिक्त उड्डयन कार्यालयबाट हुने ठेक्का पट्टा, सामान, उपकरण खरीद, पसल/कवल भाडा लिनेदिने क्रममा समेत ठूला रकम अख्तियार पुग्ने गरेको छ । पर्यटन मन्त्रालय र अन्तराष्ट्रिय विमानस्थलमा हुने अनियमितताबारे आयोगको ६ नंम्बर अनुसन्धान महाशाखाले अनुसन्धान गर्ने गर्छ । त्यसको प्रमुख सहन्याधिवक्ता समिर सिलवाल हुन् । हाल उनी नेपाल प्रहरीमा आपूर्ति हुन लागेको सुरक्षा सामाग्रीको निरिक्षण गर्न कोरिया गएका छन ।
सामाचार श्रोतका अनुसार बिमानस्थलभित्र प्रवेश गर्न कर्मचारीले घाूटीमा लगाउने पासमा भएको अनियमितताको अनुसन्धान गरेको आयोगले छानवीनका क्रममा मोटो रकम लेनदेन गरेको विमानस्थलको कर्मचारीहरु बताउँछन् ।
यसैबीच महान्याधिवक्ता डा. युवराज सग्रौलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत उपन्यायधिवक्ता र सह न्याधिवक्ताहरुलाई आफनो कार्यकक्षमा बोलाई इमान्दारिपूर्वक कार्य गर्न निर्देशन दिएका छन् ।
महान्याधिवक्ताको कार्यालयबाट आयोगमा प्रथम श्रेणीको ५ वटा र द्वितिय श्रेणीको ७ वटा दरबन्दी छ । काजमा र सरुवा भई गएका उपन्यायधिवक्ता र सहन्याधिवक्ताहरुको काम कारवाही विवादमा परेपछि सग्रौलाले सबैलाई बोलाएर त्यस्तो निर्देशन दिएका हुन ।
आयोगको ३ नम्बर महाशाखाका प्रमुख सहसचिव रामकुमार आचार्यको कार्यशैली विवादमा आएपछि मंगलबार सिङ्गै आयोगको काम कारवाही प्रभावित भएको छ । विवादमा देखिएका आचार्यले कार्यालयभित्रैबाट नियोजित रुपमा समाचार लेखाएका आरोप लगाउँदै आयोगका सचिव भगवती काफ्लेसँग केहीसमय भनाभन पनि गरेका थिए ।
सचिव काफ्लेले जिम्मेवारीमा रहेको काम कारवाही सबैले इमान्दारीसग गरौं र अनावश्यक तनावमा बस्नुको सट्टा पाँच मिनेटमै निधाउने प्रयास गरौ भनी सबैलाई सम्झाएका थिए ।
No comments:
Post a Comment