काठमाडौं, जेठ १ – चीनले अंग्रेजी भाषा बुझ्ने पाइलट पठाउन ढिलाइ गरेका
कारण नेपाल वायुसेवा निगमले आफूसँग रहेको चिनियाँ जहाज उडाउने मिति पर
सार्दै लगेको छ । नेपाल र चीनबीच २०७० मंसिर १३ मा भएको जहाज खरिद–बिक्री सम्झौताअनुसार
जहाज उडाउन आवश्यक पाइलट पनि चीनले केही अवधिका लागि निःशुल्क दिने उल्लेख छ
। निगमले वैशाख १३ मा चीनबाट काठमाडौं ल्याएको ‘मोडर्न आर्क’ (एमए–६०)
मोडेलेको जहाजलाई जेठ १ बाट व्यापारिक उडान गर्ने तालिका बनाएको थियो ।
‘सम्झौताअनुसार एमए–६० उडाउन क्याप्टेनको नाम मागेका थियौं,’ निगमका
कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले भने, ‘चीनले क्याप्टेनको
नामसँगै दोभाषेको पनि नाम पठाएपछि हामी झस्कियौं । उसले पठाउन लागेको
क्याप्टेन अंग्रेजी नबुझ्ने भन्ने थाहा भयो ।’ मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको
नियमअनुसार दोभाषे राखेर जहाज उडाउन पाइँदैन । पाइलटले ककपिटभित्र बसेर
एयर ट्राफिक कन्ट्रोलर (एटिसी) सँग अंग्रेजी भाषामै कुरा गर्नुर्पछ । यो
नियम अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले बनाएको हो । नेपाल
आइकाओको सदस्य राष्ट्र हो ।
चीनले दिने भनेको क्याप्टेनले यहाँ जहाज उडाउन नपाउने भनेपछि अंग्रेजी
बुझ्ने पाइलट पठाइदिन आग्रह गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।
‘मंगलबारै त्यस्तो पाइलटको नाम पठाइदिने भने पनि आइसकेको छैन,’ उनले भने,
‘उनीहरूले पाइलट खोजिरहेको जानकारी दिएका छन् । एक–दुई दिनमै आइपुग्ने
विश्वास छ ।’ उनका अनुसार चिनियाँ पक्षबाट दुविधा सिर्जना हुन पुगेको हो । सम्झौतामा
दोभाषेसहितको पाइलट भन्ने उल्लेख छैन । चीनले आफ्नोजस्तै नियम यता हुने
सोचेको हुनसक्छ । सम्झौता हुनुअघि यस्तो थाहा पाएको भए अहिले एमए–६०
तोकिएकै मितिमा उडिसक्थ्यो भनेर आजको नागरिक दैनिकमा यो समचार छापिएको छ ।

No comments:
Post a Comment